कमेडयिन क्षतिजको रिहा हुनुपर्छ – गायक गुरुङ - Sainokhabar
  • बिहिबार, मङि्सर २१, २०८०

कमेडयिन क्षतिजको रिहा हुनुपर्छ – गायक गुरुङ

गायक नन्दु गुरुङले कमेडियन अपुर्ब क्षितिजकाे रिहा माग गरेका छन् । अपुर्ब क्षितिजकाे रिहा माग्दै गुरुङले बुधबार आफ्नो फेस्बुकामा यस्तो पोस्ट गरेका छन्।

कमेडियन अपुर्ब क्षितिजकाे सन्दर्भमा…….

जिन्दगी आफैमा अति संवेदनशील छ।पाईला पाईलामा जाेगिएर हिँड्नु छ।कसरी जाेगिने भनेर साेच्दा र त्यता मात्रै ध्यान दिँदा दिँदा जिन्दगीमा कति बेला हाे रमाउने?

केही छिन रमाउने,खुशि हुने केही माध्यमहरुमा पनि हामी आफैले अधिकार प्रयाेगकाे नाममा अझ जटिल बनाउँदैछाैँ जस्ताे लाग्छ। हरेक कुराकाे एउटा सिमा हुन्छ र सिमा भन्दा कति परसम्म जान सकिन्छ र अरुलाई आफ्नाे सिमा भित्र कति भित्र सम्म आउन दिन सकिन्छ भन्ने कुराकाे अल्पज्ञानले नै यस्ताे भैरहेकाे छ जस्ताे लाग्छ।

Apurpa kshitiz Singh एकजना कमेडियन जस्काे काम नै अरुलाई हँसाउनु हाे र मलाई लाग्छ कमेडिकाे 90% विषयबस्तु कुनै ब्यात्ति,समुह र समुदाय प्रति गरिने ब्याङ्ग नै हाे। काम गर्दै जाँदा कहिले धेरै कहिले थाेरै हुँदै जान्छ नै र कसैकाे प्रशंसा अनि गालि पनि पाईन्छ ।कहिलेकाही त सजायकाे भागिदार नै बन्न पर्ने हुन्छ। अपुर्बले केही हदसम्म कुनै समुदायप्रति अलि असाेभनिय ब्यङ्ग गरेकै हुन् तर उत्त कुरा उस्ले महसुस गरेर उस्ले माफि साथै उत्त भिडियाे युट्युवबाट हटाईसकेपछि पनि उस्लाई अझ पीडा दिनु कति जायज हाेला त ?

हामी जात र धर्मकाे नाममा निकै संकिर्ण नै भैसकेका हाै त? आज जुन समुदायले जुन साेच राख्याे भाेलि अर्काे समुदायले पनि त्यस्तै साेच राख्याे भने?? अब अलि अति भए जस्ताे लाग्याे मलाई चै। जुन कुराकाे महसुस गराउन उनलाई कारबाही गरियाे उस्ले नै उत्त कुरा महसुस गरिसकेपछि किन यस्ताे । 

सम्बन्धित खवर