साइनाे समाचारदाता /पथरी , असोज ३०
पथरी शनिश्चरे वडा नंं १ को बजार ब्यावस्थापन गर्न सागर थापाले नगरलाई ध्यान्याकर्षण गराएका छन । पार्किङ र फुटपातले पथरी बजारको स्वरुप बिग्रिएको छ । किनमेल गर्ने ग्राहकले पार्कीङ गर्न नपाएको भन्दै मोरङ पथरी शनिश्चरे १० जिरिखिम्तीका थापाले नगरलाई ध्यान्याकर्षण गराएका हुन । थापा सहित नगर पुगेका सुजन श्रेष्ठ, सन्तोष दाहाल, कमल खतिवडा, मौसम राईले पथरी बजारको समस्या माथि चासो राख्न नगर प्रमुखलाई आग्रह गरेका छन ।

पथरी बजारमा जथा भावी फुटपात पसल र अबेवस्थीत टेम्पो पार्कीङ भएकाले पैदल यात्रुहरुमा समेत समस्या पर्दै आएको छ । यता सटर भाडामा लिएर बसेका ब्यावसायी समेत नगरको लापवाहीका कारण आजित भै सेका छन । बजारमा सटर भाडामा लिएर एक ब्यापारीले भने “नगरले कर लिन्छ, राज्यलाई कर तिर्नु पर्छ, फोहोरमैलाको शुल्क तिर्नु पर्छ तर बाहिरबाट आएका ब्यापारीले अगाडी बाटै ढाकेर ब्यापार गर्छन नगलाई पटक पटक जानकारी गरायो नगर वास्तै गर्दैन । पसलमा ग्राहक आउछन, अगाडि पार्किङ गर्दा फुटपातका ब्यावसायी र टेम्पु, सफारी चालकहरु ग्राहक संग झगडा गर्छन ।

नगर ठुलो खर्च गरेर बस स्टेसन त निमार्ण गर्यो तर पार्कीङ र ब्यावस्थापन गर्न भने सकेन । जस्का कारण ब्यावसायी र हजारै पदैल यात्रीले डर सरी यात्रा गर्न बाध्य छन । यता नगरले नगरप्रहरी नियुक्ती त गर्गो तर नगरबासीका लागि कागलाई बेल पाक्यो हर्सन विश्मत भने झै भएको छ । नगरका ब्यावसायी प्रश्न गर्छन “नगरले कर्मचारी राखेको हो की कार्यकर्ता भर्ती केन्द्र बनाको हो” ?
आइतवार सागर लगायतका टिमले ब्यापारी, पदैल यात्री र बजार भर्न आउने ग्राहकको समस्या समाधान गर्न नगर प्रमुख मोहन तुम्बापोलाई जानकारी गराएका छन । नयाँ जनप्रतिनिधी चुनिएर आए पछि पथरी बजारमा जथाभावि टेम्पो सफारी पार्किङ र फुटपातमा पसल बढ्दै गएको छ । पार्किङ र फुटपातले समस्या भएको भन्दै नगर बासीले चर्को आलोचना गर्दा सम्म नगर मैन बसेको देखिन्छ ।