साइनाे समाचारदाता/ सुन्दरहरैंचा, असाेज २७
आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा दलहरुको विरुद्धमा धेरै स्वतन्त्र उमेद्वारहरु प्रतिस्पदा गर्दैछन । काग्रेंस र नेकपा एमालेमा त थुप्रै असन्तुष्टी देखिएको छ । असन्टुष्टी संग संगै धेरैले बागि उमेद्धारी दिएका छन ।
बेलबारीका एश्वेर्यप्रसाद आचार्य (विपिन) ले पनि सो चुनावमा भाग लिएका छन । आचार्यले मोरङ क्षेत्र नं ३ “ख” बाट प्रदेश सभाका लागि चुनावमा आफुलाई उभ्याएका छन । सानो उमेर र छोटो समयमा चर्चा बटुल्न सफल भएका आचार्य स्वतन्त्र उमेद्धार हुन । उनि आउदो निर्वाचनमा लालटिन चुनाव चिन्ह लिएर उठेका छन ।
आचार्य युवा माझ लोकप्रिय ब्याक्ती हुन । सानो उमेर देखि नै नेपाली काग्रेसमा आबद्ध रहेका आचार्य ०७४ सालको स्थानीय तहको निर्वाचनमा काँग्रेसबाट निर्वाचित वडा सदस्य हुन । बेलबारी वडा नं. ३ मा नेकपा एमालेको प्यानलै विजयी भैरहदा आचार्य एक्लै वडा सदस्यमा विजयी भएका थिए । २०७९ को स्थानिय चुनाव पछि स्वतन्त्र रहेका आचार्यलाई युवाहरुको ठुलो साथ रहेको छ ।
स्थानिय तहको चुनाव सकिए लगतै आचार्यले काङ्ग्रेसको कृयासील परित्याग गरि पार्टीलाई बुझाएका थिए । स्वत्रन्त्र भै आफ्नै ब्यावसाय गर्दै आएका आचार्य बेलबारीको सामाजिक, सञ्चार, खेलकुद क्षेत्रमा काम गरि सकेका आचार्य बेलवारी जेसिज लगायत विभिन्न सामाजिक संघ सस्थाहरुमा नेतृत्वदायी भुमिकामा काम गरिरहेका छन ।
सामान्य जीवन जिउन रुचाउने उनी केही गरौं भन्ने भवनाले ब्यावसायमा लागेका छन । उनी निर्वाचन जित्नेमा आशावादी समेत रहेका छन । उनि भन्छन “मैले गरेको काम सहयोगले मलाई जनताले रुचाएका हुन । स्थानिय चुनावमा बेलबारी ३ बाट म एक्लै निवाचित भएको हो । यसको अर्थ मलाई जनताको सथ छ । म जनताको मतको कदर गर्छू त्यसैले काग्रेस, नेकपा एमाले र माओवादीका असन्तुष्ट साथीहरुको मत नै मेरो जित हो ।
आचार्य ०७९ को स्थानिय तहको निर्वाचनमा काग्रेसबाट बेलबारी नगरपालिका वडा नं ३ का वडाध्यक्षको आकाक्षी रहेका थिए । उनि नेपालमा कुनै पनि पार्टिले जनताको भावना र कार्यकर्ताको योगदानको कदर नगर्ने देखे पछि उनि स्वतन्त्र भएका हुन ।