साइनाे समाचारदाता /सुन्दरहरैचा, असाेज २६ “मंसिर ४ महासंग्राम” लिएर देश दोडाहामा निस्कीएका ऋषी धमला माथि हमला भएको छ । झापाबाट सुरु भएको कार्यक्रम मोरङमा आइनपुग्दै ठेस लागेको हो । देशको मुख्य राजनिती दलका नेता उमेद्वारहरुलाई एकै ठाउमा राखेर प्रश्न गर्दै आएको कार्यक्रम भन मोरङको सुन्दरहरैचा “जनता जान्न चाहन्छन” टक सो मा परिणत भएको थियो ।
सुन्दरहरैचामा जनताका विचमा उमेद्वार संग कार्यक्रम गर्ने योजना थियो । उक्त कार्यक्रममा नेपाली काग्रेसका उमेद्वार डाक्डर सुनिल शर्मा आएन्न भने नेकपा एमालेका नेता भानुभक्त ढकाल जनता संग बस्न डराएका थिए । क्षेत्र नं. ३ बाट जितेर गए पछि पाहुनाका रुपमा मोरङ टेकेका ढकाललाई जनताले धेरै प्रश्न गर्न उपस्थीत थिए ।
कार्यक्रम स्थान परिवर्तन भएको र ढकालको योजनामा धमलाले कार्यक्रम संचालन गर्ने भए पछि काग्रेसका नेता शुनिल शर्मा उपस्थीत भएन्न । कार्यक्रममा धमलाले बोलाएका अतिथी उमेद्वार मध्ये एमालेका भानुभक्त ढकाल, राप्रपाकी नेत्री रेखा थापा र काग्रेसका बागी स्वतन्त्र उमेद्वा जयराज संयोग उपस्थीत थिए ।
यता धमलाले काग्रेसका बागि संयोगलाई बोलाए पनि एमालेबाट बागि उठेका खगेन्द्र प्रसाद न्यौपानेलाई भने बोलाएका थिएन्न । ढकालको योजनामा कार्यक्रम चलाएका धमला प्रति राप्रपाकी नेत्रि रेखा थापा आक्रोसीत बनेकी थिन । जेसिस भवनमा बोलाएर एमालेले जितेको वडा कार्यलय भित्र कोठा थुनेर कार्यक्रम चलाएको भन्दै थापा आक्रोसीत बनेकी हुन ।
जनताको प्रश्न नलिनु धमला र ढकालको योजना रहेको बताइन । थापाले धालालाई जनताको अगाडी प्रश्न गरीन “ धमला जि सार्वजनीक सभा हल थिएन र वडा कार्यलयमा कार्यक्रम संचालन गरेको ?”। हामी चोर हो र सरकारी वडा कार्यलय भित्र कोठा थुनेर कार्यक्रम चलाएको ? जस्ता प्रश्न गरेकी थिन ।
धमलाले पुर्व निर्धारीत स्थान भन्दा फरक स्थानमा फरक कार्यक्रम चलाएका थिए । कार्यक्रम जेसिस भवनमा तय भएको थियो । एमालेका नेता भानु भक्त उक्त स्थानमा नआउने भए पछि कार्यक्रम स्थल परिवर्तन भएको थियो । धमलाले ढकालकै आग्रहमा कार्यक्रम सुन्दरहरैचा नगरपालीका वडा नं १२ को वडा कार्यलयमा संचालन गरेका थिए । मोरङ र सुनसरीका चलोको “मंसिर ४ महासंग्राम” कार्यक्रम सुन्दरहरैचामा “जनता जान्न चाहन्छन” टक सो मा परिणत भएको थियो ।
धमलाले जनतालाई झुकाउदै कोठा भित्र कार्यक्रम सम्पन्न गरेका थिए । जनताले प्रश्न गर्न नपाई कार्यक्रम सकाए पछि धमला विरुद्द नाराबाजी भएको थियो । सुन्दरहरैचा नगरपालिका वडा नं १२ को सरकारी कार्यालय भित्र उपस्थीत जनतालाई प्रश्न गर्न नदिइ कार्यक्रम सकाएको थिए । भन्दै पत्रकार धमला माथि हमला भएको थियो । धमलालाई स्थानीयले सेटिङ मास्टर भन्दै अपशब्द गालि गरेका छन । धमलालाई स्थानियले घेरे पछी प्रहरीले स्कटिङ गरेर कार्यक्रम स्थलबाट बाहिर निकालेको थियो ।