उद्घाटन खेलमा वुद्ध युनाइटेड विजयी - Sainokhabar
  • सोमबार, मङि्सर १८, २०८०

उद्घाटन खेलमा वुद्ध युनाइटेड विजयी

साइनाे समाचारदाता/पथरी, साउन २३, मोरङको पथरीशनिश्चरेमा तेश्रो पथरीशनिश्चरे प्रिमियर लिग क्रिकेट प्रतियोगीता सुरु भएको छ । नगर भित्रका क्रिकेट खेलाडीको खेल प्रतिभा पहिचानका लागी प्रतियोगीता सुरु भएको हो । तेश्रो संस्करणको पथरीशनिश्चरे प्रिमियर लिगकोको उद्घाटन खेलमा वुद्ध युनाइटेड विजयी भएको छ ।

साविक विजेता सात वाघ माथि ४ विकेटको जित निकाल्दै वुद्ध युनाइटेडले लिगमा २ अंक जोडेको छ । शनिबारबाट सुरु भएको प्रतियोगीताको पहिलो खेलमा सात वाघले ८ विकेटको क्षतिमा १०७ रन जोडेको थियो । टस हारेर व्याटिङमा उत्रिएको सात वाघका केलिन राईले २४ र अनिस लुइटेलले २२ रन जोड्न बाहेक अन्य खेलाडीको प्रर्दशन उल्लेखनिय रहेन । वुद्ध युनाइटेडका अनिस तामाङ, राज राई, सविन अघिकारीले समान २–२ विकेट हात पारे । निर्धारित २० ओभर खेल्दै तयार पारेको लक्ष्यलाई वुद्ध युनाइटेडले १९ ओभर ४ बलमा पुरा ग¥यो । विजयी टिमका विशाल तामाङले ४१ बलमा ३८ रन बनाएपछि टिमको जित निश्चित बनेको हो । तामाङ खेलको म्यान अफ दि म्याच समेत बने । वुद्ध युनाइटेडले जित निकाल्न ६ विकेट गुमायो । सात वाघका रहर लामा र अनिस लुइटेलले २–२ विकेट लिदा अश्विन महत र दिपेश भण्डारीका नाममा १–१ विकेट रहयो ।

खेल शनिबार पथरीशनिश्चरेका नगर प्रमुख मोहन तुम्वापोले उद्घाटन गर्नुभयो । पथरीशनिश्चरे नगर भित्रका ८ वटा फ्रेन्चाइज टिमहरुको सहभागीता रहेको छ । कार्तिक ३ सम्म सञ्चालन हुने लिगमा लिग र राउण्ड रोविङका आधारमा ४ टिमले सेमिफाइनल प्रतिस्पर्धा गर्नेछन् । विरेन्द्रनगरमाथी हसन्दहको फराकिलो जित दोश्रो खेलमा क्लासिक एलाभेन हसन्दहले विरेन्द्रनगर स्टिल टाइगर माथी ७० रनको जित दर्ता ग¥यो । हसन्दहले पहिलो इनिङमा तयार गरेको १४६ रनको लक्ष्य २० ओभरमा विरेन्द्रनगरले ७६ रन मात्र जोडेपछि आफनो पहिलो खेल गुमाउन पुग्यो । हसन्दहका देवेन्द्र थापाले अर्धसतक प्रहार गरे । उनले ५३ रन वनाउदा संन्जिव धिमालले ३२ रन जोडन पुगे । ५ विकेटको क्षतीमा १४६ रन वनाएको हसन्दहको मजवुद वलिङ सामु विरेन्द्रनगरका खेलाडीले गतिलो प्रर्दशन गर्न सकेन्न । विरेन्द्रनगरका अमर नेपालीले २ तथा रेवत थक्सु,प्रनेश राई युवराज वस्नेतले एक एक विकेट लिए । हसन्दहको विशाल योगफल लाई पछ्याएको विरेन्द्रनगरले २० ओभरमा ७६ रन मात्र वनाउन सक्यो । विरेन्द्रनगरलाई सस्तैमा समेटन हसन्दहका सौगात भटराईले ३ विकेट लिए । विरेन्द्रनगरका आभास पाहिमले २३ र युवराज वस्नेतले १९ रन जोडन वाहेक अरु खेलाडी सस्तैमा समेटिए । खेलको म्यान अफ दि म्याच हसन्दहका देवेन्द्र थापा घोषित भए । आइतवारको पहिलो खेल हिसाव किताव टे«न्डस र रोयल किङ्ग र दोश्रो खेल आइतवारे अस्त्र र मंगलवारे लिजेण्ड विच हुने छ ।

सम्बन्धित खवर