लर्ड बुद्ध साकोसको कूलप्रसाद भट्टराईको स्मृति कोषबाट क्यान्सर पीडित बालकलाई सहयोग - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • आइतबार, बैशाख ०२, २०८१

लर्ड बुद्ध साकोसको कूलप्रसाद भट्टराईको स्मृति कोषबाट क्यान्सर पीडित बालकलाई सहयोग

साइनाे समाचारदाता, पथरी/असोज १४
पथरी शनिश्चरेमा रहेको लर्ड बुद्ध साकोसले क्यान्सर पीडित बालकलाई आर्थिक सहयोग गरेको छ । स्वर्गीय कूलप्रसाद भट्टराईको स्मृति छोरा इन्द्रप्रसाद भट्टराई खडा गरेको अक्षय कोषबाट पथरीशनिश्चरे ९ का क्यान्सर पीडित बालकलाई आर्थिक सहयोग प्रदान गरेको हो ।
इन्द्रप्रसाद भट्टराईले आर्थिक अभावले बुबा गुमाएको कारण कोहि पनि आर्थिक अभावले उपचारबाट बन्चित नहुनु भनि ४ बर्ष अगाडी १ लाख रूपैयाँको अक्षय कोष स्थापना गरेका थिए । लर्ड बुद्ध साकोसले उत्त कोषबाट प्रतयेक बर्ष एक जना विरामीलाई उपचार खर्च सहयोग गर्ने सचिव महेन्द्र ढुङगानाले बताउनु भयो ।

पथरी शनिश्चरे ९ निवासी १५ वर्षका बालक अमिर माझीको पूर्वाञ्चल क्यान्सर अस्पताल विर्तामोडमा उपचार भइरहेको छ । आर्थिक अभावले उपचारमा समस्या भएको थाहा पाए पछि लर्डबद्ध साकोसले थप उपचारका लागि सहयोग जुटाएको ब्यवस्थापक गणेश बाछान्ना राईले बताउनु भयो ।
साकोसले कोषका संरक्षक छोरा इन्द्रप्रसाद भट्टराई र श्रिमति रत्नमाया भट्टराईले क्यान्सर पीडित बालककी आमा विना माझीलाई नगद २० हजार रुपैयाँ सहयोग प्रदान गर्नु भएको छ । १५ वर्षीय बालक अमिर माझी घाटीको क्यान्सरका कारण गत फागुन महिनादेखि पूर्वाञ्चल क्यान्सर अस्पतालमा उपचार गराइ रहेका छन । आर्थिक अवस्था कम्जोर भएका माझीले छोराको उपचारका लागि जग्गा समेत बिक्री गरिसकेका छन् ।
अस्पतालको जिवन मरन संग जुद्धै गरेको छोरालाई बचाइदिन आमा विना माझीले गुहार माग्नु भएको छ । सबैको सहयोग भए छोरा बाच्ने माझी बताउनु हुन्छ । इच्छुक सहयोगी महानुभावहरुका लागि ९८१६९१५४२२, ९८१३९५९६९ नं. मा सम्पर्क गरि सहयोग गर्न सक्नु हुन्छ ।

सम्बन्धित खवर