बाल्मीकिको विद्यार्थी सम्मान - Sainokhabar
  • बुधबार, मङि्सर २०, २०८०

बाल्मीकिको विद्यार्थी सम्मान

साइनाे समाचारदाता, पथरी/असोज १५
बाल्मीकि मेमोरियल आवसीय माध्यमीक विद्यालयकोले कक्षा १२ मा उत्कृष्ट अंक ल्याउने विद्यार्थीलाई सम्मान गरेको छ । विद्यालयले उत्कृष्ट अंक ३.५७ ल्याउने सुप्रिम सुबेदी, ३.५५ ल्याउने साधना कार्की र ३.३० ल्याउने प्रज्वल कार्कीलाई सम्मान गरेको हो ।
चार्डपर्वको अवसर पारेर शुभकामना आदन प्रदान तथा स्वागत सम्मान कार्यक्रममा गरेको छ । विद्यालयले कक्ष १०, ११ र १२ का विद्यार्थीहरुलाई स्वागत र सम्मान गरेको छ ।


त्यस्तै विद्यालयले कक्षा ११ को इन्ट्रान्समा परिक्षामा पहिलो दोस्रो र तेस्रो हुने बिद्यार्थीहरुलाई २५, ५० र १०० प्रतिशत छात्रवृद्धी प्रदान गरेको छ । सोहि अवसरमा विद्यालयले स्वागत र सम्मान संगै नजिकिदै गरेको चार्डपर्वको शुभकामना साटासाट गरेको छ । कार्यक्रममा विद्यालयले दशैंको टिका जमरा दक्षिण दिएर शुभकामना कार्यक्रम मनाएको हो । हरियाली सामुदायीक वनको सभाहलमा भएको कार्यक्रममा विद्यार्थी गायन नित्य प्रस्तुत गरेका थिए भने विद्यालयका शिक्षीकाहरुले सामुहीक नित्य प्रस्तुत गरि मनोरञ्जन प्रदान गरेका थिए ।

कार्यक्रममा बोल्दै विद्यालयका प्रन्सिपल चन्द्र दुलालले बिद्यार्थीको शैक्षिक शिकाइमा कुनै पनि कमी आउन नदिने बताउनु भयो भने विद्यालयका निर्देशक नवल किशोर खनालले विद्यालयको गुणस्तरीय शिक्षाका कारण टाढा टाढाबाट अध्यायन गर्न आएका विद्यार्थीको उच्च शिक्षाको प्रगतिमा निरन्तर लागि रहने बताउनु भयो ।
पथरी शनिश्चरेमा पहिलो रोजाईको विद्यालय हुन सफल रहेको बाल्मीकि मेमोरियल आवसीय माध्यमीक विद्यालयकोले प्लस टु मा ब्यावस्थापन संकायमा अध्यापन गराउदै आएको छ । प्रत्येक बर्ष जिल्लामै उत्कृष्ट नतिजा ल्याउन सफल विद्यालयमा ९ सय हाराहारी विद्यार्थी रहेका छन ।
विद्यालयका शिक्षक सरद चन्द्र दाहालले संचालन गर्नु भएको कार्यक्रममा शिक्षीका मिना तामाङले शुभकामना मन्तब्य राख्नु भएको थियो ।

सम्बन्धित खवर