साइनाे समाचारदाता, पथरी/असोज १५
प्रदेश नं १ का वन, वातावरण तथा भू(संरक्षण मन्त्री शेखरचन्द्र थापाले सामुदायीक वनले उद्योग र आम्दानी संग जोडिनु पर्ने बताउनु भएको छ । थापाले मोरङको पथरी शनिश्चरेमा रहेको पशुपती सामुदायीक वनको १२ औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै सो कुरा बताउनुभएको हो ।
सामुदायीक वनको अग्रसरमा एग्रो कृषीमा लगी उत्पादन मुलक बनाई राष्ट्रलाई आम्दानी हुने काम गर्नु पर्नेमा जोडदनिु भएको छ । राष्ट्रको आम्दानी वृद्धी नभए बिकास र समृद्धीका नभएको बताउदै मन्त्रि थापाले सामुदायीक वनले बनाएको कार्ययोजनामा प्रदेश सरकारले सहयोग गर्ने बताृनु भयो । वन, जंगल, पर्यावरणीय संरक्षण गर्दै पर्यटकीय प्रवर्दनका लागि सामुदायीक वनले महत्वपुर्ण भुमिका खेलेको मन्त्रि थापाले बताउनु भयो ।
मन्त्री थापाले नेपाल सरकारको एकल प्रयासले मात्रै वन जंगल तथा पर्यावरण संरक्षण हुन नसक्ने भएकाले स्थानीय समुदायलाई हस्तान्तरण गरिएको बताउनुभयो । उहाँले जल, जंगल, जमीन र जनजीवनको अति नै घनिष्ठ सम्बन्ध रहेको भन्दै सामुदायिक वन समुहहरूका गतिविधि सञ्चालन गर्न आवहान गर्नु भएको छ ।
१२ औं वार्षिक साधारण सभामा डिभिजन बन कार्यालय, विराटनगरका प्रमुख अनिलरूद्र शाह, प्रदेश १ सामुदायिक वन महासंघका सचिव अग्निप्रसाद पौडेल, सब डिभिजन वन कार्यालय पथरी गणेश दहाल, सामुदायिक वन महासंघ मोरङका अध्यक्ष रामकृष्ण राईले मन्त्रब्य राख्नु भएको थियो ।
समुहले समुह भित्रका फरक क्षमता भएका र गरिव तथा जेहेन्दार विद्यार्थीहरुलाई सम्मान र पुरस्कृत गरेको थियो । समुहका अध्यक्ष प्रदिप राईले आगामी आर्थिक वर्ष २०७८/०७९ का लागि ६७ लाख ४३ हजार २२७ रूपैयाँ बराबरको वार्षिक प्रतिवेदन पेश गर्नु भएको थियो ।