प्रथम तरुण गोल्डकपको फाइनल आज गोलनेपालबाट लाइभ - Sainokhabar
  • बुधबार, मङि्सर २०, २०८०

प्रथम तरुण गोल्डकपको फाइनल आज गोलनेपालबाट लाइभ

साइनाे समाचारदाता/पथरी,असोज ८
नेपाल तरुण दल क्षेत्र नंम्बर ३ को आयोजनामा भएको फुटवलको फाइनल खेल आज हुदैछ । उपाधीका लागि बेलबारी ८ र बेलबारी २ भिड्ने भएका हुन । प्रतियोगिताको फाइनल खेलको गोलनेपालले लाइभ प्रसारण गर्ने भएको छ ।


नेपालमै पहिलो पटक तरुण दलको आयोजनामा भएको प्रतियोगिताको विजेताले नगद २ लाख १ हजारका साथ ट्रफि मेडल र प्रमाणपत्र पाउने छ । त्यस्तै दोश्रो हुने टिमलाइ १ लाख १ हजार नगद ट्रफि मेडल र प्रमाणपत्र पाउने छ ।
तरुण दलले नै गर्छ सारा युवाहरुको एकता, खेलकुदले नै गर्छ, जीवन स्वास्थ्य राख्ने प्रतिवद्धताु भन्ने मुल नारा सहित हुन लागेको गोल्डकपले युवाहरुको एकता मात्र नभएर खेलकुद क्षेत्रको समग्र विकासका लागि कोशेढुङ्गा सावित हुने भन्ने तरुण दल क्षेत्र नम्बर ३ का सभापति छत्र लिम्बुले बताए ।

बेलबारी १० भाउन्ने स्थित प्रस्तावित डाँगिहाट रंगशालामा भदौ २१ गतेदेखि तरुण गोल्डकप आयोजना भएको थियो । प्रतियोगितामा बेलबारीका ८, सुन्दरहरैंचाका ६, पथरीशनिश्चरेका ८ र कानेपोखरीका ४ वटा वडाका गरि क्षेत्र नं ३ का २६ वटा टिमहरु सहभागी भएका थिए ।

सम्बन्धित खवर