मोरङको रतुवामाई नगरपालिका–५ मा रहेको सुनवर्सी उच्च माध्यमिक बिधालयले आफनो नाममा रहेको जग्गा विक्रि गरेको खुलासा भएको छ ।२०६७ सालमा विद्यालयले आवश्यक पुर्वाधार निमार्ण गर्ने भन्दै विद्यालय व्यवस्थापन समितिमा निर्णय गराएर ३९ घरपरिवार लाई नेपाली कागजमा तमसुन वनाएर विद्यालयले रकम लिदै जग्गा विक्रि गरेको थियो ।
विद्यालय व्यवस्थापन समितिका तत्कालिन अध्यक्ष भगत राम शर्मा र विद्यालयका प्रधानाध्यापक वुद्धि वहादुर अधिकारीले आफुहरुलाई जग्गा विक्रि गरेका स्थानिय हरिप्रसाद प्रधान ले बताए । विद्यालयका प्रधानाध्यपक तथा विद्यालय व्यवस्थापन समितीले विद्यालयको मातहतमा रहेको १ विघा ७ कठा १४ धुर जग्गा ३९ घरपरिवारलाई विक्रि गरेको खुलेको हो ।
विद्यालयसंग २०६७ सालमा सो जग्गा ३९ परिवार ४० लाख रुपैयाँ मा खरिद गरेको र अहिले सम्म विद्यालयले जग्गा पास भने नगरेको स्थानियको गुनासो छ । तत्कालिन साविकको राजघाट गावीस ६ प को कित्ता न ४७ को एक विघा ७ कठा १४ धुन जग्गा स्थानियले खरिद गरेको तमसुकमा उल्लेख छ । २०२५ सालदेखि सो जग्गामा ३९ घर परिवार वसोवास गर्दै आएका छन । २०३२ सालमा विद्यालय स्थापना भएपछि सो जग्गा विद्यालयको नाममा दर्ता भएकाे थियो । तमसुक वनाएर विद्यालयले जग्गा विक्रि गरेको भन्दै तमसुक समेत देखाएका थिए । खरिद गरेको १० धुर जग्गा १२ वर्ष वितिसक्दा समेत विद्यालयले आफ्नो नाममा जग्गा पास नर्गदा उठीवास हुने अवस्थामा आफु पुगेको स्थानीयले बताए । हरि प्रसाद प्रधान ले दुखेसो पाेख्दै उनलेे भने आफुले दुग्ध विक्रि गरेर एक एक पैसा जोगाएर जग्गा खरिद गरियो विद्यालयले जग्गापनी पास गर्दैन के गर्ने काहा जाने कसलाई गुर्हाने हाे भन्दै दुखेसो पाेखे ।
आफू हरुले विद्यालयको सरकारी जग्गा स्थानियलाई पास गर्न नमिल्ने भनेपछि ३९ परिवारले रकम संकलन गरेर सोही वडामा सटाभर्नाका लागी भन्दै एक विघा जग्गा खरिद गरेको स्थानिय ज्ञानवहादुर देउजा बताए । सो जग्गामा सटाभर्नाका लागी पनि प्रदेस न १ को समाजिक मन्त्रालय लगायता विभिन्न निकायमा धाउदापनि सटाभर्ना गर्ने कानुनी व्यवस्था नभएको भन्दै प्रक्रिया अघि वढ्न नसकेको उनी हरु ले बताए । सटाभर्नाका लागी जग्गापन खरिद गरियो तर सटाभर्ना समेत हुन नसकेको उहाको भनाई छ । ३९ परिवारले ८ धुर देखि १२ धुर समम जग्गा खरिद गरेर वसोवास गर्दै आएका छन । सडक र पुर्वाधारका कारण अहिले सो ठाउँमा ठुलो वस्ती समेत बसिसकेको छ ।
विद्यालय व्यवस्थामा समितिका हालका अध्यक्ष कुशल अधिकारीले कानुनी प्रक्रिया नभएका कारण ३९ परिवारलाई विद्यालयले जग्गा पासगर्न नसकेको बताए । सटा भर्ना तथा जग्गा पास गर्नका लागी कानुनी प्रक्रिया मिलपछि जग्गा पास गर्न विद्यालय तयार रहेको अध्यक्ष ले बताए । बिधालय सन्चालन का लागि २० लाख रुपैयाँ प्रतिकठ्ठा का दरले ३९ परिवारलाई बिक्री गरेकाे थियोे ।
साभार: न्यू सृष्टि दैनिक