मोरङको ३ स्थानमा नोबेलको निःशुल्क स्वास्थ्य शिविर - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • सोमबार, जेठ ०७, २०८१

मोरङको ३ स्थानमा नोबेलको निःशुल्क स्वास्थ्य शिविर

साइनाे समाचारदाता /माेरङ, ५ असोज, विराटनगरस्थित नोबेल शिक्षण अस्पतालले बुधवार मोरङको बेलबारी नगरपालिका, कानेपोखरी गाउँपालिका र सुन्दरहरैंचा नगरपालिकामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । नेपाली कांग्रेसका नेतासमेत रहेका नोबेल अस्पताल सञ्चालक डा.सुनिल शर्माले बिपन्न विरामीलाई लक्षित गर्दै बेलवारी वडा नंम्बर ८, कानेपोखरी वडा नम्बर ६ र सुन्दरहरैंचा वडा नम्बर ९ मा शिविर सञ्चालन गराएका हुन् ।

तीन वटा शिविरबाट एकैदिन ७ सय ३३ जना विरामीको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको नोबेल अस्पतालका प्रबन्धक नारायण दाहालले जानकारी दिए । कानेपोखरी वडा नं. ६ मा सञ्चालित शिविरमा २५३ जना विरामीको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको छ । शिविरमा नोबेलका छाती तथा फोक्सो रोग विशेषज्ञ प्रा.डा.रामहरी सुवेदी र स्त्रीरोग विशेषज्ञ प्रा.डा.शान्ति सुवेदी नेतृत्वको टोलीले विरामीको जाँच गरेको हो । त्यहाँ ७५ जनाको इसीजी, ९७ जनाको रक्त परीक्षण र १०५ जनाको भिडियो एक्सरे गरिएको छ । दाँतमा समस्या भएका ९ जनाको दाँत उखेलिएको छ भने थप उपचार गर्नुपर्ने २९ जनालाई नोबेल अस्पताल रेफर गरिएको छ ।

त्यस्तै, ज्येष्ठ नागरिकहरुलाई लक्षित गर्दै सुन्दरहरैंचा–९ मा शिविर सञ्चालन गरिएको हो । शिविरमा उपचारका लागि १३७ जना विरामी आएका थिए । जसमध्ये १०२ जनाको मुटुको जाँच इको गरिएको छ । नोबेलका मुटुरोग विशेषज्ञ प्रा.डा.राजेश नेपाल नेतृत्वको टोलीले विरामीको स्वास्थ्य परीक्षण गरेको हो । शिविरबाट ४३ जनालाई थप उपचारका लागि अस्पताल पठाइएको छ ।

यता, नोबेलका स्त्रीरोग बिशेषज्ञ डा.रस्मी थापा नेतृत्वको टोलीले बेलबारी–८ मा आयोजित शिविरमा विरामीको निःशुल्क स्वास्थ्य परीक्षण गरेको छ । उपचारका लागि ३४३ जना विरामी आएको सो शिविरमा ५७ जनाको इसीजी, १०२ जनाको ल्याबटेष्ट, १०७ जनाको भिडियो एक्सरे गर्नुका साथै ११ जनाको दाँत उखेलिएको छ । त्यहाँ उपचार हुन नसकेका ४२ जनालाई अस्पताल रेफर गरिएको छ ।

तीन वटै शिविरबाट थप उपचारका लागि ११४ जना विरामी अस्पताल रेफर भएका हुन् । उनीहरुलाई नोबेल अस्पताल सञ्चालक डा.शर्माले अस्पतालकै गाडीमा ल्याएर उपचार गरी घर पुर्याउने व्यवस्था मिलाइदिएका छन् । डा.शर्माले विपन्न विरामीलाई लक्षित गरेर बर्षौ अघिदेखि सो क्षेत्रमा नियमित निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गराउँदै आएका छन् ।

शिविरबाट ठूलो राहत मिलेको सो क्षेत्रका सर्वसाधारण बताउँछन् । नेपाली कांग्रेसका महासमिति सदस्यसमेत रहेका डा.शर्मा समाजसेवाका क्षेत्रमा सक्रिय छन् । समाजसेवी व्यक्तिको पहिचान बनाएका डा.शर्मालाई नेपाली कांग्रेस मोरङ क्षेत्र नं.३ ले आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेद्वार बनाउँन सर्वसम्मत सिफारिससमेत गरेको छ ।

सम्बन्धित खवर