अन्नपुर्ण स्कुलमा ११ का विद्यार्थीलाई स्वागत - Sainokhabar
  • शुक्रबार, मङि्सर २२, २०८०

अन्नपुर्ण स्कुलमा ११ का विद्यार्थीलाई स्वागत

साइनो समाचारदाता /पथरी असोज ३, मोरङ पथरी शनिश्चरेमा रहेको अन्नपुर्ण सेकेन्डरी स्कुलले नव आगन्तुक बिद्यार्थीहरुलाई एक कार्यक्रमको अयोजना गरि स्वागत गरेको छ । कार्यक्रममा नव आगन्तुक ४० जना विद्यार्थीहरुलाई विद्यालयका प्रिन्सीपल नारायण कट्टेल र शिक्षकहरुले खाधा लगाएर सम्मान गर्नु भएको थियो ।


स्वागत कार्यक्रममा बोल्दै विद्यालयका प्रिन्सीपल कट्टेलले विद्यार्थीको शिक्षण सिकाईमा कुनै कमी आउन नदिने बताउनु भएको छ । विद्यार्थीहरुले अबको २ बर्ष स्कुललाई आफ्नो परिवार संझेर पठन पाठनमा अघि बढ्न अनुरोध गर्नु भएको छ ।
कार्यक्रममा साहायक प्रिन्सीपल विरेन्द्र गुरुङले स्वाथत मन्तब्य राख्नु भएको थियो । स्वागत मन्तब्य राख्दै गुरुङले विद्यालउले विद्यार्थी भाइ बहिनीका शिक्षण सिकाईमा कुनै कमी आएमा प्रसासन संग निर्धक राख्न आग्रह गर्नु भएको छ । विद्यालय परिवार विद्यार्थीको शिक्षण सिकाईका लागि एक जुट भएको र विद्यार्थीको भविश्य निमार्ण गर्न विद्यालय स्थापना भएको बताउनु भयो ।
कार्यक्रममा स्वागत मन्तब्य राख्दै शिक्षक विरेन्द्र आङदम्बेले अभिभावकको विश्वास टुट्न नदिने बताउदै विद्यार्थीले पनि आफ्नु र स्कुललको नाम राख्ने गरि मेहेनत गर्न अनुरोध गर्नु भएको छ ।


पथरी शनिश्चरेमा लामो इतिहास रचेको विद्यालयले गएको बर्ष देखि व्यवस्थापन संकायमा प्लस टु संचालन गर्दै आएको छ । गुणस्तरीय शिक्षामा सधै कठिबद्ध रहेको अनपुर्ण स्कुलले सिमित कक्षामा सिमित विद्याथी विच पठन पाठन गर्दै आएको छ । सिन भिलेज पार्टी प्यालेसमा भएका स्वागत कार्यक्रममा बिद्यार्थीहरुले नित्य गायनले मनोरञ्जन दिएका थिए । स्वागत तथा मनोरञ्जन कार्यक्रम विध्यालयका लेखापाल राम चन्द्र रानाले संचालन गर्नु भएको थियो ।

सम्बन्धित खवर