धरानः धरानको कन्सर्टमा जीबब नामले लोकप्रिय बनेका रयापर सुदीप भण्डारीलाई अज्ञात समूह (दर्शक) ले ढुङगा प्रहार गरेका छन्।
पहिलोपल्ट धरानमा जि बबलाई दर्शकले खुब मनपराएको पाईएको थियो।अन्य कलाकारले गित गाउदा पनि दर्शकले जि बबको नाम कयौ पटक लिईरहेका थिए। यसैबिच जि बबको पालो आयो उनले गित गाउदा उनि झ्यापमा देखिन्थे भने उनको हुडिङ पनि दर्हो आएको थियो सुरक्षाले घेराबन्दि पनि गरिएको थियो भने उनलाई पछाडिबाट साना -साना ढुङगा प्रहार गरिएको भन्दै कन्सर्टको माहोल बिथोलियो।
यसै बिच जि बबले क्याप फुकाले ।ज्याकेट फुकालेर फ्यानलाइ लगाउनु भन्दै दिए। त्यसको एकैछिनमा भेस्ट फुकालेर उनले भने ‘जसले ढुङगा हान्यो त्यसले लगाउनु ‘ भन्दै भने ‘ फेरि उनले स्टेज खालि गरेपछि मात्र म्युजिक बज्ने उदघोष गरे।तब सम्म जि बब सादा सेतो हापेनमा थिए उनको भित्री बस्त्र पनि देखिन थालिसकेको थियो। जि बबको धाराप्रवाहमा ब्रेक लागेपछि त्यसपछि जिबबले मुख नै छाडे । उनले प्रयाेग गरेका शब्द पारिवारिक वातावरण भएका मानिसले प्रहरि र पत्रकारले नाक खुम्च्याउदै थिए ।
आयोजक टिमले कुनै अप्रिय घटना नघटोस् भनेर कन्सर्ट रोक्न ईसारा गरे। रिसले चुर बनेका जि बब झन तातिदै थिए। आयोजकले धरान १० बजे बन्द हुन्छ भनेर कन्सर्ट रोक्कु भन्दै कानेखुसी गर्दै थिए। जि बबले आयोजकको कुरा विश्वास नगरि दर्शकलाइ धरान १० बजे बन्द हुन्छ हो? हामि रमाईलो गर्नु नपाउने भन्दै झन दर्शक उचाले। उनि स्टेजको एक साईडमा बसेर भने ‘ म नजाने यति छिटो गित अझ बाकि छ तपाईहरु नि नजानु ‘एक चरण प्राविधिकले म्युजिक नै बन्द गरे ।तर , जि बब म्युजिक बिना नै र्याप हानि रहे । जबर्जस्ती कन्सर्ट रोकाएको जस्तो नहोस भन्नका लागि फेरि म्युजिक खोलियो ।उनले अगाडिका र्यापमा छाडा बोलेनन तर, पछि नराम्रो बोलेको आयोजक टिमको भनाई छ ।
अल नेपाल ठग्स फेमिली ‘एनटीएफ’ले आयोजना गरेको ‘रयाप ब्याटल ’ बाट एक्कासी चर्चामा आएका जि बब भदौ २५ गते शनिबार आयोजना हुने ‘टूबोर्ग फुल भोल्युम कन्सर्ट’ को लागि आएका हुन्।फुल भोल्युम कन्सर्टमा जी बबसँगै अहिलेकी लोकप्रिय गायिका अस्मिता अधिकारीले पनि आफ्नो गीतहरु प्रस्तुत गरेकि थिईन । उनले पनि कम गित गाईन भने चर्चित रयापरहरु प्लस डिभाइड र सिरुपातेसँगै धरानको चर्चित डीजे डबल बी र डीजे नभसनले डीजेइङ समेत प्रस्तुत गरे।
‘मिलेन लेभल तेरो’ बोलको बहुचर्चित गीतसँगै फाइनल्ली भेटियो, कलाको म धनी, भाग न भाग, कलाकार, सिधा कुरा मेरो लगायतका युवाहरुमाझ लोकप्रिय आफ्ना अन्य गीतहरु प्रस्तुत गरे ।उनी पूर्वमा नै पहिलोपल्ट कन्सर्टका लागि धरान आएका हुन ।
copy News Betana Delly Morang