विराटनगरको अवैध मदिरा उत्पादनस्थलमा प्रहरीको छापा - Sainokhabar
  • बुधबार, मङि्सर २०, २०८०

विराटनगरको अवैध मदिरा उत्पादनस्थलमा प्रहरीको छापा

विराटनगर / विराटनगर महानगरपालिका–६ लालीगुराँस टोलस्थित अवैध घरेलु मदिरा उत्पादनस्थलमा आज (आइतबार) बिहान प्रहरीले छापा मारेको छ ।
वडा प्रहरी कार्यालय विराटनगरका डिएसपी दीपेन्द्र पञ्जियार थारु नेतृत्वको टोलीले घरेलु मदिरा उत्पादन र बिक्री गर्दै आएका शुक्रराज राईको घरमा छापा हानेको हो । राईको घरबाट तयारी मदिरा एक सय २५ लिटर र घरेलु मदिरा बनाउन प्रयोग गरिने कच्चा पदार्थ एक हजार छ सय लिटर बरामद गरिएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार मदिरा बनाउन प्रयोग गरिने २५ वटा भाँडा पनि प्रहरीले नियन्त्रणमा लिएको छ । अवैध मदिरा र कच्चा पदार्थसहित घरधनी राईलाई पनि नियन्त्रणमा लिएर अनुसन्धान थालिएको डिएसपी श्रेष्ठले बताए । बरामद मदिरा आवश्यक कारबाहीका लागि आन्तरिक राजस्व कार्यालय विराटनगरमा बुझाइने प्रहरीले जनाएको छ ।

सम्बन्धित खवर