साइनाे समाचारदाता /पथरी, भदाै २५, पथरीशनिश्चरेमा असोज २२ गतेबाट सुरु हुने पथरीशनिश्चरे प्रिमियर लिग सिजन ३ क्रिकेट प्रतियोगिताको लागि अक्सनबाट खेलाडी छानिएका छन् ।
असोज २२ गते देखि कार्तिक ६ गते सम्म हुने प्रतियाेिगताका लागि अक्सनबाट १ सय १६ खेलाडी छनाेट भएका हुन । शनिबार पथरीशनिश्चरे प्रिमियर लिग आयोजक कमिटीद्वारा सिन भिलेज पार्टी प्यालेसमा आयोजित अक्सन कार्यक्रमबाट खेलाडी छनौट गरिएको हो । आगामी असोज २२ गतेदेखि कार्तिक ६ गतेसम्म पथरीशनिश्चरेको नगर रङ्गशालामा लिग, प्लेअफ र फाईनल खेलहरू हुनेछन् । यस प्रतियोगितामा ८ टिमले सहभागिता जनाउने छन् । नगरभित्रका खेलाडीहरूले अक्सनको माध्यमबाट टिममा अनुबन्धित भएका छन् ।
प्रत्येक टिमले १४ देखि १६ जनासम्म खेलाडीहरूलाई खरिद गर्नका लागि ४० हजारका दरले रकम उपलब्ध गराइएको आयोजकका अध्यक्ष अरुण राईले जानकारी दिए । प्रतियोगितामा सात बाघ (वडा नं ७)ले अक्सनको माध्यमबाट अनिश लुईटेललाई ६०००, विदित राईलाई ५४००, केविन राईलाई ५००० सहित १६ जनालाई आफ्नो टिममा अनुबन्धित गरेको छ भने मंगलबारे लिजेन्ट (वडा नं १०)ले राकेश दहाल ६०००, रोहन गहतराज ५०००, अभिषेक विक ५२०० सहितका खेलाडीलाई अनुवन्दन गरेको छ ।
यसैगरी, हिसाब किताब ट्राईडेन्ट (वडा नं १) ले अन्जान राईलाई ६०००, पुरूषोत्तम न्यौपानेलाई ५०००, अन्य १६ खेलाडीहरूलाई टिममा समावेश गरेको छ भने विरेन्द्रनगर स्टिल टाइगर्स (वडा नं ३)ले आभाष पहीमलाई ६०००, पशुपति नाथ दहाललाई ५,६०० रुपैयाँमा खरिद गरी खेल अवधिभर टिममा आवद्ध रहनेछन् ।
यस्तै बुद्ध युनाइटेड (वडा नं २)ले सुदिप चौधरीलाई ८२००, राकेश राईलाई ६०००, राजु राईलाई ५००० सहित अन्य १६ जना खेलाडीहरू आफ्नो टिममा अनुबन्धित गरेको छ भने क्लासिक ११ हसन्दह (वडा नं ५ र ६)ले सुजन खत्रीलाई ६००० , सोलोमन राईलाई ५८०० रुपैयाँ सहित खेलाडीहरूको छनौट गरेको हो ।
यसैगरी, आइतवारे क्लब (वडा नं ३) ले आफ्नो टिममा आदर्श खत्री ७४००, ड्रोनजंग थापा ६०००, समित राई ५०००, लगायतका अन्य खेलाडीलाई आवद्ध गराएको छ भने रोयल्स किंग्सले दिपेश श्रेष्ठ र पवन राई, राज बस्नेत सहितका खेलाडीलाई टिममा आवद्ध गराएको छ ।