डा.सुनिल शर्माले गराए पथरी र बेलबारीका बृद्धबृद्धा महिलाका लागि गाउँमै निःशुल्क उपचार - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • बिहिबार, जेठ १७, २०८१

डा.सुनिल शर्माले गराए पथरी र बेलबारीका बृद्धबृद्धा महिलाका लागि गाउँमै निःशुल्क उपचार

मोरङ, २४ भदौ । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालका सञ्चालक डा.सुनिल शर्माले मोरङको पथरीशनिश्चरेका बृद्धबृद्धाहरुलाई गाउँमै मुटु तथा फोक्सो रोगको परीक्षण गराइदिएका छन् । नोबेलबाट बिशेषज्ञ डाक्टरहरुको टोली पठाएर डा.शर्माले बृद्धबृद्धाहरुलाई गाउँमै स्वास्थ्य परीक्षण तथा उपचारको व्यवस्था मिलाइदिएका हुन् ।

डा.शर्माको योजना अनुरुप ज्येष्ठ नागरिकलाई लक्षित गर्दै शुक्रवार पथरीशनिश्चरे नगरपालिका–४ स्थित सोमबारेमा मुटु तथा फोक्सो रोग परीक्षण शिविर सञ्चालन गरिएको हो । शिविरमा स्थानीय १३७ जना बृद्धबृद्धाको मुटु तथा फोक्सो परीक्षण गरिएको छ । बृद्धबृद्धाको उपचारका लागि नोबेलका निर्देशक एवं मुटुरोग बिशेषज्ञ डाक्टर राजेश नेपालको नेतृत्वमा डाक्टरहरुको टोली शिविरमा पुगेको थियो । शिविरमा १२२ जना बृद्धबृद्धाको मुटुको जाँच इको गरिएको छ ।

जसमध्ये ५१ जना बृद्धबृद्धालाई थप उपचार गर्नुपर्ने देखिएकाले उनीहरुलाई आइतवार नोबेल अस्पताल ल्याइने नोबेलका प्रबन्धक नारायण दाहालले जानकारी दिए । उनीहरुलाई नोबेलकै गाडीमा अस्पताल ल्याउने र उपचार पश्चात घर पुर्याउँने व्यवस्था मिलाइएको छ । डा.शर्माले बृद्धबृद्धालाई अस्पताल ल्याउँने, अस्पतालमा सम्पूर्ण उपचार निःशुल्क गर्ने र उपचार पश्चात घर पुर्याउँने व्यवस्था मिलाइदिएका हुन् ।

त्यस्तै बेलबारी नगरपालिका–१० स्थित धिमाल टोलमा शुक्रवार निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिदिएर डा. शर्माले त्यहाँका स्थानीयलाई स्वास्थ्य सेवा प्रदान गरेका छन् । नोबेल अस्पतालबाट स्त्रीरोग विशेषज्ञ डा. सीता घिमिरेसहितको टोली पठाएर डा. शर्माले त्यहाँका महिलाहरुलाई निःशुल्क स्वास्थ्य परीक्षण गराउँने व्यवस्था मिलाइदिएका हुन् । शिविरमा २५३ जनाको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको प्रबन्धक दाहालले जानकारी दिए । त्यस्तै १११ जनाको भिडियो एक्सरे, ८७ जनाको रक्त परीक्षण र ४२ जनाको मुटुको जाँच (इसीजी) गरिएको छ । शिविरमा महिलाहरुको उल्लेखनीय उपस्थिति रहेको थियो ।

नोबेलले पूर्वी नेपालका बिभिन्न जिल्लामा नियमित निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको छ । जसबाट लाखौं बिरामीले निःशुल्क उपचार पाएका छन् । नोबेल अस्पतालका सञ्चालक डा.सुनिल शर्मा मोरङको बेलवारीका स्थायी बासिन्दा हुन् । नेपाली कांग्रेसका महासमिति सदस्यसमेत रहेका डा.शर्माको क्षेत्र पनि भएकाले मोरङको क्षेत्र नं. ३ मा अझ बढी स्वास्थ्य शिविर सञ्चालन गरिदै आएको छ ।

सो क्षेत्रमा डा.शर्माले अहिले घर–घरमै डाक्टर पठाएर ‘एम्बुलेन्स क्याम्प’ पनि सञ्चालन गर्ने व्यवस्था मिलाइदिएका छन् । उनले बर्षौअघिदेखि सो क्षेत्रका बासिन्दालाई अवस्था हेरी नोबेलमा निःशुल्क र सहुलितमा उपचार गराइरहेका छन् । डा.शर्मालाई अहिले कांग्रेसले मोरङको क्षेत्र नं. ३ बाट प्रतिनिधि सभा निर्वाचनका लागि सर्वसम्मत उम्मेद्वारको रुपमा अघि सारेको छ । डा.शर्मा राजनीति र समाजसेवामा पनि सक्रिय छन् ।

सम्बन्धित खवर