तरुण कपको ५ औं खेलमा पथरी शनिश्चरे २ विजयी - Sainokhabar
  • सोमबार, मङि्सर १८, २०८०

तरुण कपको ५ औं खेलमा पथरी शनिश्चरे २ विजयी

साइनाे समाचारदाता/पथरी, भदौ २३
मोरङको बेलबारी नगरपालिका १० मा सुरु भएको प्रथम तरुण कपको ५ औं खेलमा पथरी शनिश्चरे २ विजयी भएको छ । प्रतियोगितामा पथरी शनिश्चरे नगरपालिका वडा नम्वर २ लेसुन्दरहरैचा १० लाई २–० गोल अन्तरले पराजित गरेको छ । जितका लागि पथरी शनिश्चरेको दोस्रो हाफ कुर्नु परेको थियो ।


दोस्रो हाफको १६ मिनेटमा सन्तोष न्यौपानेले गोल गर्दै खाला खोलेका थिए भने अतिरिक्त समयमा एलन राईले गोल गर्दे अग्रता दोब्बर पारे । खेलको म्यान अफ दि म्याच पहिलो गोल कर्ता सन्तोष न्यौपाने घोषित हुदै नगद १५ सय प्राप्त गरे । न्यौपानेलाई कार्यक्रमका प्रमुख अतिथी नेपाली काग्रेंसका माधिबेशन प्रतिनिधी जयराज संयोगले पुरस्कृत गर्नु भएको थियो ।


प्रतियोगिता ‘तरुण दलले नै गर्छ सारा युवाहरुको एकता, खेलकुदले नै गर्छ, जीवन स्वास्थ्य राख्ने प्रतिवद्धता’ भन्ने मुल नाराका साथ भदौ २१ देखि असोज ५ बते संम्म संचालन हुदैछ । प्रतियोगिता नेपाल तरुण दल मोरङ क्षेत्र नंम्बर ३ को आयोजनामा सुरु भएको हो । प्रतियोगितामा बेलबारीका ८, सुन्दरहरैंचाका ६, पथरीशनिश्चरेका ८ र कानेपोखरीका ४ वटा वडाका २६ वटा टिमहरु सहभागी रहेको छ ।
नेपालमै पहिलो पटक तरुण दलको आयोजनामा सुरु भएको प्रतियोगिताको विजेताले नगद २ लाख १ हजारका साथ ट्रफि मेडल र प्रमाणपत्र पाउने छ । त्यस्तै दोश्रो हुने टिमलाइ १ लाख १ हजार नगद ट्रफि मेडल र प्रमाणपत्र पाउने छ ।

सम्बन्धित खवर