कुटिडाँडा । युवा सशक्तिकरण संजाल रोङको आयोजना,रोङ गाउँपालिकाको सहयोग,मानव अधिकार मञ्च नेपाल इलामको समन्वय,माइती नेपाल पशुपतिनगर र इलाका प्रहरी कार्यलय पशुपतिनगरको सहजीकरणमा मानव बेचविखन तथा ओसारपसार बिरुद्धको राष्ट्रिय दिवस कार्यक्रम सम्पन्न भएको छ ।
शान्ती निकेतन नमुना माध्यमिक विद्यालय रोङ ३ कुटिडाँडाको सहभागितामा मानव बेचविखन तथा ओसारपसार बिरुद्धको राष्ट्रिय दिवस कार्यक्रम सम्पन्न भएको हो ।
आधुनिक युगमा मानवले मानवलाई बेच्नु जस्तो घृणित कार्यलाई मानव कलकंको रुपमा रहेको कार्यक्रमका बक्ताले बताएका थिए । बिश्वमा ३ अबैध अपराधिक संगठन हरु हातहतियार, मानव बेचबिखन र लागू औषध मध्ये दोस्रो रुपमा दर्ज भएको यो अपराध नियन्त्रणमा विश्वका सम्पुर्ण सरकार सफल हनुपर्ने सहभागिले बताएका थिए । हाम्रो जस्तो गरिवीको चपेटामा रहेको राष्ट्रमा त यसको नियन्त्रणमा अझै बढी चुनौती छ यसलाई न्युनिकरण गर्नको निम्ति बिधालय देखि नै चेतना जगाउँदै आम नागरिक सम्म पुर्याउँदै यस्ता अपराधको विरुद्ध आवज बुलन्द पार्दै यस्ता अपराधको जालो तोडनको लागि सबै एक हुनुपर्ने रोङ गाउँपालिका अध्यक्ष मनिकुमार साङ्बोले बताए ।
युवा सशक्तिकरण संजाल रोङ गाउँपालिका अध्यक्ष डाइमण्ड तिमसिनाको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि रोङ गाउँपालिका अध्यक्ष मनिकुमार साङ्बो सुवास रहेका थिए ।कार्यक्रममा मानव बेचबिखन तथा ओसार प्रसार नियन्त्रण सम्बन्धि ऐनमा कस्तो किसिम को सजाय र जरिवाना छ भन्ने बारेमा इलाका प्रहरी कार्यलय पशुपतिनगर का प्रहरी नायब निरीक्षक सुरज रायमाझीले जानकारी गराए ।
मानव बेचबिखनको हालको अवस्था र रोकथामको लागि गरिएको प्रयास को बारेमा माइती नेपाल पशुपतिनगरका सुपर भाइजर बिरेन्द्र गौतमले सहभागिलाई बताएका थिए । युवा शसक्तिकरण सञ्जाल सचिब दिनेश निरौलाले स्वागत मन्तब्य राखेको कार्यक्रममा गाउँपालिका अध्यक्ष स्याङ्बोले ब्यानर पढेर उद्घाटन गरेका थिए भने युवा शसक्तिकरण सञ्जालका उपाध्यक्ष राजेन्द्र खुलालले संचालन गरेका थिए । कार्यक्रममा मानव अधिकार मञ्च नेपाल इलामका प्रतिनिधि तथा सामाजिक रुपान्तरणको लागि युवा कार्यक्रमका अभियान्ता सन्तोस मगरले मानव बेचबिखन हुने घटनाबाट कसरी बच्ने बारे जानकारी गराएका थिए ।