संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठलाई लाइनमा बस्न भनेपछि पक्राउ परेका सुरक्षागार्ड शेरजंग गुरुङ हिरासतमुक्त भएका छन् ।
गत शुक्रबार काठमाडौंको छायाँ सेन्टरस्थित भिसा सेन्टरमा गुरुङले मन्त्री श्रेष्ठमाथि दुर्व्यवहार गरेको भन्दै पक्राउ गरिएको थियो । उनीमाथि अभद्रव्यवहार कसूरमा हिरासतमा राखेर अनुसन्धान भइरहेको थियो । तर, मन्त्री श्रेष्ठको चर्को आलोचना भएपछि गृहमन्त्री बालकृष्ण खाँणले सोमबार प्रक्रिया पूरा गरेर रिहा गर्न काठमाडौंका प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिएका थिए । मन्त्री श्रेष्ठले पनि उनलाई छाड्न गृह मन्त्रालयसँग आग्रह गरेका थिए ।सोमबार काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले गुरुङलाई तारेखमा रिहा गर्न आदेश दिएका छन् । प्रजिअको आदेशपछि दरबारमार्ग प्रहरी वृत्तको हिरासतमा रहेका गुरुङलाई रिहा गरिएको छ ।