गठबन्धन धरापमा छ फुत्त टुटेको समाचार आउन सक्छ, अचम्म नमान्नु ; ओली - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • आइतबार, बैशाख ०२, २०८१

गठबन्धन धरापमा छ फुत्त टुटेको समाचार आउन सक्छ, अचम्म नमान्नु ; ओली

गौरीगञ्ज । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धन धरापमा परेको बताएका छन् । झापाको गौरीगञ्जमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै धरापमा परेको गठबन्धन जतिसुकै बेला टुट्न सक्ने बताए ।

अध्यक्ष ओलीले भने, रेडियो–टिभि खोल्दा, मोवाइलमा समाचार हेर्देगर्दा फुत्त गठबन्धन टुट्यो भन्ने खवर हेर्न पाउनुहुन्छ । त्यतिबेला अचम्ममा नपर्नुहोला । बृहत पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले गठबन्धनभित्र रोइकराई शुरु भइसकेको भन्दै गठबन्धनको धागो जतिसुकै बेला चुडिन सक्ने बताएका थिए ।मंसिर ४ को निर्वाचनमा कार्यकर्तालाई निर्धक्क भएर एमाले विजयी गराउन आग्रह गरेका ओलीले गठबन्धनलाई मतदाताले मज्जाले बुझिसकेको बताएका छन् । नेता–नेता गठबन्धनमा छन्, जनता एमालेमा छन्, ओलीले भने – जनताको पार्टी एमालेलाई कसैले हराउन सक्दैन ।

जग बिनाको गठबन्धन धरापमा रहेको बताउँदै उनले अबको निर्वाचनमा एमालेले एक्लै बुहमत ल्याउने धारणा राखे । गठबन्धनमा रहेका माधव नेपाल दिनरात रोइकराई गर्दै हिडिरहेको बताउदै ओलीले थपे, उहाँको आँसु अब रुमालले पुछ्न सक्दैन, गाम्छा चाहिन्छ । पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले भने, उब्रेपाब्रेको खान जाँदा जुठो खान्न भन्न पाइदैन । माधव नेपाल अहिले जुठो खान्न भनिरहेका छन्, उनले नै जुठो हो । गठबन्धनमा कांग्रेसले छोडेका सिट मात्रै अन्य दलहरुले पाउने उनको भनाई थियो ।

माओवादीका प्रभावशाली नेता विद्यानन्दसिंह राजवंशीसहित सयौं नेता कार्यकर्ता एमाले प्रवेश गरेको सो कार्यक्रममा उनले आफु प्रधानमन्त्री भएको बेला गरिएका विकास निर्माणका बारेमा सुनाए । माओवादी, कांग्रेससहित मधेशवादी दलहरुबाट सयौं नेता कार्यकर्ता एमाले प्रवेश गरेका हुन् ।हुलाकी रोड, अन्य सडक सञ्जालहरु, पुल पुलेसा, शिक्षा,स्वास्थ्य क्षेत्रसहित विकास निर्माणका कयौं काम गरिएको बताउँदै अध्यक्ष ओलीले गठबन्धन सरकार आएपछि विकास नै रोकेको बताए । एमाले सरकार हुँदा थालिएका सबै विकासका काम रोकिएका छन्, गठबन्धनले विकास नै रोकेको छ– ओलीले भने, मंसिर ४ पछि एमाले सरकार बन्छ र त्यसपछि रोकिएका सबै काम अघि बढ्ने छ ।

आसन्न प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा सुर्यमा मतदान गर्न आव्हान गर्दै ओलीले बेलैमा जनताको पार्टी रोज्न आग्रह गरेका छन् । ढिलै भएपनि पार्टी प्रवेश गरेकाहरुलाई स्वागत गर्दै उनले जनताको पार्टी एमाले मात्रै भएकाले चाँडै प्रवेश गर्न आव्हान समेत गरेका छन् ।राजनीतिसँगै एमाले आर्थिक क्रान्तिमा लागेको भन्दै सबै पार्टी सदस्य र शुभचिन्तकहरुलार्ए उत्पादनमा जोडिन आग्रह गरे । गरिवी निवारणका लागि उत्पादन बढाउन आग्रह गरेका ओलीले गौरीगञ्जमा प्राविधिक शिक्षालय स्थापना गर्ने घोषणा समेत गरेका छन् । आफ्नो निर्वाचन क्षेत्र हरेक हिसावले अघि बढ्दै गएको र चाँडै पूर्वयोजना अनुरुप स्मार्ट बजारहरु निर्माण गर्दै जाने बताए । देश बनाउने अभियानमा एमाले क्रियाशिल भएको भन्दै विकासका लागि चिन्ता नलिन आग्रह गरे ।

सम्बन्धित खवर