जनता भन्छन “ शर्मालाई हराए निशुल्क स्वास्थ उपचार पाइदैन” - Sainokhabar
  • बिहिबार, मङि्सर २१, २०८०

जनता भन्छन “ शर्मालाई हराए निशुल्क स्वास्थ उपचार पाइदैन”

मोरङ ३ मा फेरी ढकाल र शर्मा भिड्दै

साइनाे समाचारदाता/ पथरी, भदौ १९
मंसिर ४ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि मोरङ क्षेत्र नं. ३ बाट भानुभक्त ढकाल र डाक्टर शुनिल शर्मा विच प्रतिस्पर्दा हुने भएको छ । गएको प्रतिनिधिसभाको निर्वाचनमा पनि नेपाली काग्रेंसका शर्मा र एमालेका ढकाल विच कडा प्रतिस्पदा भएको थियो ।

निवर्तमान मन्त्रि तथा संसद भानुभत्त ढकाल नेकपा एमालेबाट सर्वसमत चयन भएका हुन भने ढकाल नेपाली काग्रेंसबाट सर्वसमत चयन भएका हुन । नेपाली काग्रेंसलेको भदौ १४ गते बसेको बैठकले शर्मालाई र नेकपा एमालेको भदौ १९ गते बसेको बैठकले ढकाललाई सर्वसमत उमेद्वार चयन गरेका हुन ।
गएको निर्वाचनमा २० हजार मतअन्तर रहेको काग्रेंसले १९ सय ७ मतले चुनाव हारेको थियो । ९१ हजार ६ सय ६ मत खरेकोमा ढकालले ४२ हजार ४ सय १३ मत ल्याई विजयी भएका थिए । एमालेको लाल किल्ला रहेको मोरङ क्षेत्र नं. ३ मा शर्माले ४० हजार ५ सय ६ मत ल्याएका थिए ।
गत निर्वाचनमा ढकाल गठबन्धन (माओबादी र नेकपा एमाले) का उमेद्वार हुनुहुन्थीयो । मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनमा शर्मा गठबन्धन (काग्रेंस, माओबादी र समाजबादी) का उमेद्वार हुनुहुन्छ । सोहि क्षेत्रबामा राप्रपाबाट रेखा थापाले प्रतिनिधिसभाकी उमेद्वार घोषण गर्नु भएको छ ।
निर्वाचन पछि शर्मा आफ्ना कार्यकर्ता सहित क्षेत्र भरिका जनताका घरघर पुगेर स्वास्थ उपचार गराउदै हिडे भने ढकाल स्वास्थ मन्त्रि हुदा औषधी खरिदमा काण्डमा मुछिएका थिए । ढकालले चुनवताका सुकुम्बासी समस्या समाधान गर्ने बाचा गरेको पनि ज्युकोत्यू छ तर शर्माले क्षेत्र नं. ३ का जनताका लगि चोक चोकमा एम्बुलेन्स संचालन गर्दै हिडे । ३ वटा मन्त्रालय समाहेका ढकालबाट निरास भएका क्षेत्र नं. ३ का जनता यतिबेला शर्माको गुनगान गाउन थालेका छन । भन्छन अब पनि शुनिल शर्मालाई हराए क्षेत्र नं. ३ का जनताले कहिल्यै निशुल्क स्वास्थ उपचार गर्न पाउने छैन्न ।

सम्बन्धित खवर