देउवा र पौडेल समूहका नेताबीच हानाहान - Sainokhabar
  • बिहिबार, मङि्सर २१, २०८०

देउवा र पौडेल समूहका नेताबीच हानाहान

धनुषा क्षेत्र नम्बर २ का लागि उम्मेदवार चयन गर्न बसेको नेपाली कांग्रेस क्षेत्रीय समितिको बैठकमा कुटाकुट भएको छ।

औरही गाउँपालिकामा बसेको बैठकमा उम्मेदवार चयनको विषयमा पूर्व सांसदद्वय रामकृष्ण यादव र मुक्ता यादवका समर्थकबीच कुटाकुट भएको हो। रामकृष्ण कांग्रेस नेता रामचन्द्र पौडेल र मुक्ता सभापति शेरबहादुर देउवा गुटमा छन्। रामकृष्ण पक्षले मुक्ताको नाम प्रत्यक्षतर्फ उम्मेदवार सिफारिस गर्न नचाहेका कारण बैठकमा चर्काचर्की भएको थियो। सोही क्रममा कुटाकुट भएको बताइएको छ। कुटाकुटपछि उम्मेदवार सिफारिस हुन सकेन।

देशले मलाई प्रधानमन्त्रीको भूमिकामा देख्न खोजेको छ: रामचन्द्र पौडेलनेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले देशले आफूलाई प्रधानमन्त्रीको भूमिकामा खोजेको बताएका छन्।दमौलीस्थित आदिकवि भानुभक्त क्याम्पसको ३६ औं वार्षिकोत्सवमा शनिबार वरिष्ठ नेता पौडेलले मुलुकलाई सामाजिक न्याय, जनतालाई सुरक्षा, सुशासन दिनका लागि आफ्नो भूमिका देशले खोजेको बताए।उनले भने, ‘देशमा सुशासन, सामाजिक न्याय तथा समाजवादको लागि राजनीतिमा लागेको हुँ। त्यो पूरा गर्न कार्यकारी बन्न बाँकी छ।’

पौडेलले सिंगै देशलाई एकै पटक सुशासन दिन नसकेपछि सुशासनको जग बसाल्ने बताए।देशलाई कार्यकारी भूमिका दिन बाँकी छ भनेर आँट गरेर म सक्रिय राजनीतिमा छु, देशको उन्नती र प्रगति भविष्यमा कसरी गर्न सक्छौं भन्ने दूरदृष्टी पनि मसँग छ। कार्यकारी भूमिका खेलेर सुशासन दिने सामर्थ पनि छ,’ उनले भने।पौडेलले सुशासन भए मात्रै राष्ट्रले समृद्धि हासिल गर्न सक्ने भन्दै राष्ट्रलाई स्वतन्त्रता, सम्बर्द्धन र हितको लागि नैतिक, सुशासन दिने क्षमता चाहिने बताए।

सम्बन्धित खवर