साइनाे समाचारदाता/पथरी, भदौ १५
आन्तरिक राजस्व कार्यलय विराटनगर अन्तरग करदाता सेवा कार्यलय पथरी मोरङमा कर अधिकृत नहुदा सेवा ग्राहिले समस्या भोग्दै आएका छन । कर अधिकृत नहुदा कर चुक्ता, दुईटा आईडी द्वारा हुने काम, फाईल ट्रान्फर, कारोवार थपघट लगायतका कारोबार बन्ध भएको छ । पथरी शाखामा साउन २४ गते देखि कर अधिकृत नहुदा सेवाग्राहिले सास्ती बेहोर्नु परेको सेवा दिन बसेका परामर्श दाता सुरज दाहाल बताउछन ।

साउन सुरु भए संगै कर चुक्ता निकाल्लने र कारोवार थपघट गर्ने को घुइचो लाग्ने गरेको छ । कर अधिकृत नभए संगै अधिकृत नहुदा ५ सय खर्च गरेर दिनै माया मारी ५० किलो मिटर धाएर बिराटनगर पुग्नु परे सेवाग्राहीहरु बताउछन ।
बैंकमा लोन रिनो गर्न कर चुक्ताको प्रमाण पत्र लिन ३ दिन धाउदा पनि नपाएको सेवाग्राही बताउछन । कर अधिकृत सुस्मिता दाहाल साउन २४ गते सरुवा भए संगै पथरी शाखामा समस्या सुरु भएको देवेन्द्र धिमालले बताए । करदाता सेवा कार्यलय पथरीमा दैनिक ४०/५० जना सेवा ग्राहीले सेवा पाउदै आएको कर्मचारी शेखर ओलीले बताए ।
