उम्मेदवारले गरे आयोगको स्पष्टिकरणको बेवास्ता - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • मङ्गलबार, जेठ ०८, २०८१

उम्मेदवारले गरे आयोगको स्पष्टिकरणको बेवास्ता

सोलुखुम्बुमा निर्वाचन खर्च नबुझाउने २ सय बढी उम्मेदवारले निर्वाचन आयोगले सोधेको स्पष्टिकरणको बेवास्ता गरेका छन् ।

निर्वाचन खर्च विवरण पेश नगरेका जिल्लाका ४ सय ३१ जना उम्मेदवार मध्ये २ सय १० जनालाई आयोगले सोधेको स्पष्टिकरण पेश नगरेको जिल्ला निर्वाचन कार्यालय सोलुखुम्बुले जनाएको हाे । निर्वाचन मत परिणाम घोषणा भएको ३० दिनभित्र निर्वाचन खर्च विवरण बुझाउनुपर्ने कानूनी प्रावधान रहेकाे छ ।

तर जिल्लामा स्थानीय तह निर्वाचन २०७९ मा उम्मेदवार बनेका ८ सय ७ जना उम्मेदवार मध्ये ४ सय ३१ जनाले तोकिएको समयमा खर्च विवरण बुझाएका थिएनन् । उनीहरूलाई आयोगले यहि भाद्र १ गतेदेखि ७ गतेसम्म लिखित स्पष्टिकरण बुझाउने समय दिएको थियो ।

तर सोही समयमा जिल्लाका २ सय २७ जनाले मात्रै लिखित स्पष्टिकरण पेश गरेका छन् । स्पष्टिकरणको बेवास्ता गर्नेहरुमा सोलुदूधकुण्ड नगरपालिकाका ६२, थुलुङदूधकोशी गाउँपालिकाका १७, महाकुलुङ गाउँपालिकाका २८, लिखुपिके गाउँपालिकाका १५ र माप्य दूधकोशी गाउँपालिकाका १७ जना रहेका छन् ।

त्यस्तै, सोताङ गाउँपालिकाका ३४, नेचासल्यान गाउँपालिकाका १४ र खुम्बु पासाङल्हामु गाउँपालिकाका १७ जना उम्मेदवार रहेका छन् । निर्वाचन खर्चको विवरण नबुझाउने उम्मेदवारलाई निर्वाचन आयोगकाे ऐन, २०७३ अनुसार राजनीतिक दल वा उम्मेदवारले गरेको खर्च वा ५ लाख मध्ये जुन बढी हुन्छ सोही बराबरको रकम निर्वाचन आयोगले जरिवाना गर्ने व्यवस्था गरेको छ ।

६ महिनासम्म जरिवाना रकम नबुझाउने उम्मेदवारलाई बढीमा ६ वर्षसम्म कुनै पनि निर्वाचनमा भाग लिन तथा उम्मेदवार हुन नपाउने व्यवस्था रहेको छ ।

सम्बन्धित खवर