साइनाे समाचारदाता/ पथरी, भदौ १० औषधि व्यवस्था विभाग बिराटनगर शाखाले मोरङको पथरीशनिश्चरे ६ मा रहेको रोहिन स्वास्थ्य क्लिनिक एण्डफार्मेसीमा सिल गरेको छ । विभागले गोप्य सुचनाको आधारमा औषधि पसलमा छापामार्दा ठुलो परिणाममा लागुऔषधि सहित प्रतिबन्धित औषधी बरामद गरेकोे छ ।
विभागले प्रतिबन्धित औषधि फेला परे संगै रोहिन स्वास्थ्य क्लिनिक एण्ड फार्मेसीका संचालक २८ वर्षीय रोहिन मण्डललाई नियन्त्रणमा लिएको छ । बिभागले मण्डलको क्लिनिकबाट लागु औषधी ट्रमाडोल१ हजार ८ सय ४० ट्याब्लेट बरामद गरेको छ भने प्रतिबन्धित औषधि spaspain 5 box, Eskuf DX 8pic, zenegra red 27 tap, dormicam op 2 pic, vibel 1 box , k.t.5 drem 1 box, clobeata g.m.9 pic बरामत गरेको छ ।
विभाग लेटाङ प्रहरीले प्रतिबन्धित औषधि सहित पक्राउ परेका लेटाङ ३ का २२ वर्षीय आसन राई र दिपेश राईको सुचनाको आधारमा क्लिनिकमा छापामारेको थियो । छापामार्ने क्रममा लागुऔषधी र प्रतिबन्धित औषधि फेला परेको औषधि व्यवस्था विभाग बिराटनगर शाखाका सुचना अधिकारी दिपेन्द्र खड्काले जानकारी दिए । पक्राउ परेका मण्डललाई म्याद थप गरि अनुशन्धान भै रहेको खड्काले जानकारी दिए ।
विभागले लेटाङ प्रहरीले पक्राउ गरेकोे राईलाई संगै लिएर सोमबार बेलुकी भातेगौडा स्थित मण्डलको फार्मेसीमा छापामारेको थियो । मण्ठल र राईलाई जिल्ला प्रहरी कार्यालय मोरङको हिरासतमा राखेर आवश्यक अनुसन्धान भइरहेको बताइएको छ । मण्डलले स्वास्थ्य क्लिनिक एण्ड फार्मेसी विना लाईसेन्स र विना दर्तासंचालन गर्दै आएका थिए ।
















