हरितालीका तीजको महिमा गाउदै शान्त्ती किर्तन मण्डली चेलिबेटीलाई दर खुवायो - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • शनिबार, जेठ ०५, २०८१

हरितालीका तीजको महिमा गाउदै शान्त्ती किर्तन मण्डली चेलिबेटीलाई दर खुवायो

साइनाे समाचारदाता/पथरी,भदौ १०
नेपाली हिन्दू महिलाहरूले बर्षमा एक पटक स्वतन्त्र र आनन्दमय रूपमा मनाउदै आएको हरितालीका तीज अन्य धर्म र जातजातिका नेपाली महिलाहरूले समेत हर्साेउल्लासका साथ मनाउन थालेका छन् । मोरङको पथरी शनिश्चरेमा पनि शान्त्ती किर्तन मण्डलीले हरितालीका तिजको अवसरमा चेलिबेटीलाई दर खुवाएको छ । किर्तन मण्डलीमा शुक्रबार आफ्नै भवनमा एक कार्यक्रमको अयोजना गरि दर खुवाएको हो । किर्तन मण्डलीका दाजु भाईले प्रत्येक बर्ष चेलिबेटीहरुलाई एकै ठाउँ भेला गरि दर खुवाउदै आएको छ ।

कार्यक्रममा दर संगै महिला आमा दिदी बहिनीहरु बिच नित्य प्रतियोगिता भएको थियो । प्रतियोगितामा गंगा पाठक प्रथम, नन्द कुमारी पोख्रेल दोस्रो, पार्वता चौधरी तितृय र विमला विष्ट सान्तवना भएका थिए । कार्यक्रममा प्रमुख अतिथी आचार्य पण्डित केवल कृष्ण अधिकारीले हिन्दू नारीहरूले मनाउने महत्त्वपूर्ण चाड हरितालिका तीजको शुभकामना दिनु भएको छ । नेपाली हिन्दू महिलाहरूद्वारा स्वतन्त्र र आनन्दमय रूपमा मनाइने तीज अन्य धर्म र जातजातिका नेपाली महिलाहरूले पनि हर्षोल्लासका साथ मनाउन थालेको बताउनु भयो । यो पर्व पार्वतीले भगवान शिवलाई स्वास्थ्य तथा शरीरमा कुनै वाधा उत्पन्न नहोस् भनेर पहिलो बर्त राखे देखि हरितालिका तीज मनाउने गरे पाइन्छ । त्यसै दिनदेखि आजसम्म हिन्दू नारीहरूले यो पर्व मनाउदै आएको आचार्य पण्डित केवल कृष्ण अधिकारीले बताउनु भयो ।


यो चाड भाद्र शुक्ल द्वितीयादेखि पञ्चमीसम्म ४ दिन मनाइन्छ । तीजमा भगवान शिवको आराधना गरिनुका साथै नाचगान मनोरञ्जन समेत गर्ने गरिन्छ । यो पर्व मुख्यरूपले नेपालभर मनाइन्छ भने भारतका कुनै कुनै प्रान्तमा पनि मनाइने गरेको भेटिन्छ ।

सम्बन्धित खवर