आगो भए बालेन- भन्छन तपाईको घरको नक्सा म सँग हुन्छ कि तपाईसँग ? - Sainokhabar
  • बुधबार, मङि्सर २०, २०८०

आगो भए बालेन- भन्छन तपाईको घरको नक्सा म सँग हुन्छ कि तपाईसँग ?

काठमाडौं महानगरपालिका भित्रका अनधिकृत संरचनाहरु हटाउने अभियानलाई तीव्रता दिनुभएका मेयर बालेन्द्र शाहले आक्रोश व्यक्त गर्नु भएको छ ।

बिहीबार बिहान काठमाडौंको नयाँबानेश्वरस्थित अल्फाविटा कम्प्लेक्समा बनाइएको अनधिकृत संरचना हटाउन दिइएको निर्देशनलाई निर्देशक द्विराज शर्माले नमानेपछि मेयर शाह आक्रोशित हुनु भएको हो । त्यसक्रममा मेयर शाहले त्यहाँ अनधिकृत रुपमा संचालनमा ल्याइएको फार्मेसी बन्द गर्न निर्देशन दिएलगत्तै कम्प्लेक्सका निर्देशक शर्माले ‘सरकारसँग अनुमति लिएर आफूले सो संरचना बनाइएको’ जिकीर गर्नु भयो ।

त्यसपछि मेयर शाहले ‘नक्सा देखाउन’ शर्मासँग आग्रह गर्नु भयो । ‘हजुरसँग हुनुपर्ने’ निर्देशक शर्माको जवाफ थियो । त्यसपछि मेयर शाह ‘’तपाईको घरको नक्सा अरुसँग हुन्छ ? भन्दै आक्रोशित हुनु भयो । त्यसलगत्तै निर्देशक शर्माले ‘तपाई हाम्रो जनप्रतिनिधि भएर आवेशमा आएर नबोल्नुस्’ भनेपछि मेयर शाह केही शान्त मोडमा देखिनु भयो । ‘३५ दिने सूचना दिएको र त्यसअवधिमा पनि खाली नभएपछि आफू अनुगमनमा निस्किएको’ उहाँको भनाई थियो ।

मेयर शाह र कम्प्लेक्सका निर्देशक शर्माबीचको सवालजवाफ नै भयो । ‘यो संरचना तत्काल हटाउनुस् । तपाईले यहाँ खोल्न पाउनु हुन्न । नखोलौं केही छैन । मैले व्यवसाय गर्ने भनेर सरकारसँग अनुमति लिएको छु । ल्याउनुस त छ भने । हजुरसँग हुनुपर्ने ? तपाईको घरको नक्सा मसँग हुनुपर्छ ? नगरपालिकासँग के हुन्छ त ? यहाँनिर यत्रो नोटिस दिएको छ । यो के हो त ? ३५ दिने सूचना दिई खाली गर्न भनेर नोटिस दिएको छैन ? तपाईको घरको नक्सा अरुसँग हुन्छ ? अनि मैले कसरी गर्ने खाली ? तपाई आवेशमा आएर नबोल्नुस् । तपाई हाम्रो जनप्रतिनिधि होइन ? मैले करोडौ कर राज्यलाई तिरेर व्यवसाय गरेको हुँ ।’

अनधिकृत रुपमा बनाइएका संरचनाहरु खाली गर्न काठमाडौं महानगरपालिकाले ३५ दिने सूचना जारी गरेको थियो । तर, त्यो सूचनाको अवज्ञा भएपछि मेयर शाहले आफ्नै नेतृत्वमा त्यस्ता अनधिकृत रुपमा बनाइएको भौतिक संरचनाहरु हटाउने काम सुरु गर्नु भएको हो । मेयर शाहले अनुमतिविना संचालनमा आएका संरचनाहरु हटाउनका लागि काठमाडौं महानगरका कर्मचारी, सुरक्षाकर्मी र ट्राफिक प्रहरी समेत परिचालन गर्नु भएको छ ।

सम्बन्धित खवर