साइनाे समाचारदाता पथरी/ पथरी शनिश्चरे नगरपालिकाको भवन निर्माणका लागि किर्तिपुर बासीले १ बिघा १० कठ्ठा जग्गा दिएका छन । ५ बर्ष बिति सक्दा पनि नगरपालिकाको भवन नबने पछि जनता आफै भवन निर्माणका लागि एक जुट भएका छन । जग्गा प्राप्त भए संगै नगरपालिकाको भवन बन्नेमा किर्तिपुर बासीमा आशा पलाएको छ ।
पहिलो ५ बर्से कार्यकाललमा भवन नबनेको र हाल संचालन हुदै आएको स्थानमा दैनिक कार्य सम्पादन गर्न समस्या भैरहेको छ । राज्यले पथरी शनिश्चरे नगरपालिकाको कार्यलय वडा नं. १० मा बनाउन तोके पनि नगरपालिका भने बनको जग्गा पर्ने भन्दै भवन बनाउन आनाकानी गदै आएको थियो । भवन निर्माणका लागि पहल समिति बने पनि नगरपालिका अदालतको आदेश पछि कार्यलय भवन बनाउने भन्दै ५ बर्ष अदालत धाएरै बिताएको थियो । यता नगरको आफ्नो निजी प्रशासकीय भवन नभएका कारण वडा नं १ पथरी बजारमा कार्यलय भाडामा संचालन हुदै आएको छ ।
दोस्रो कार्यकालका लागि नयाँ जनप्रतिनिधी आए संगै फेरि नगरको भवन बनाउने हल्ला सुरु भएको छ । हालको कार्यलयबाट कार्य सम्पादन गर्न असजिलो भएको भन्दै नगर प्रमुख मोहन तुम्बापोले पथरी बजार भन्दा बाहिर कार्यलय लान उपयुक्त स्थान खोज्न आवहान गर्नु भएको थियो । सोहि अनुरुप पथरी शनिश्चरेको सेन्टरमा जग्गा उपलब्ध गराएको वडा नं. ७ का वडाध्यक्ष उद्धवराज बस्नेतले बताए ।
अन्तरक्रिया कार्यक्रम बोल्दै पथरी शनिश्चरे नगरपालिका वडाध्यक्षहरुले नगरभरिको पायक पर्ने ठाउँ किर्तिपुर नै रहेको बताइएका छन ।
बोल्दै पथरी शनिश्चरे नगरपालिका वडाध्यक्षहरुले नगरभरिको पायक पर्ने ठाउँ किर्तिपुर नै रहेको बताइएका छन ।
कार्यक्रममा पथरी शनिश्चरे वडा नं ३ का वडाध्यक्ष बिजय लिम्बु, ४ का वडाध्यक्ष लोककिरण न्यौपाने, ५ का चेतन खड्का, ६ का कृष्ण बस्नेत, ७ का उद्ववराज बस्नेत र ८ का वडाध्यक्ष नवीनजंग कार्कीले आ-आफ्नाे धारणा राखेका थिए ।
भवन निर्माण्का लागि पथरी शनिश्चरे नगरपालिका वडा नं ७ का श्रीप्रसाद ढुंगानाले–१७ कठ्ठा, कुमार लिम्बुको परिवारबाट ५ कठ्ठा जग्गा निःशुल्क प्रदान गरेका छन । त्यस्तै उमेश जंग थापा, तिलविक्रम दर्लामी, प्रेमबहादुर धिमाल, तेजबहादुर बस्नेत, सरोज रिजाल, विकास लिम्बु, चन्द्र कुमार केसी, नरेन्द्र थापा तथा मीनकुमार धिमालले समेत जग्गा उपलब्ध गराएकाे नगरपालिका भवन निर्माण पहल समिति संयोजक उमानाथ अधिकारीले बताए ।
किर्तिपुरले पथरीशनिश्चरे नगरपालिकाको प्रशासकीय भवन निर्माणका लागि “नगरपालिका भवन निर्माण पहल समिति” गठन गर्दै १ विगाह १० कठ्ठा क्षेत्रफल जग्गा निःशुल्क उपलब्ध गराएको जानकारी गराएको छ । उक्त समितिले उमानाथ अधिकारीको संयोजकमा पत्रकार सम्मेलन तथा अन्तरक्रिया कार्यक्रमको आयोजना गर्दै किर्तिपुर बजारको वडा नं ४, ५, ६ र ७ को संगम स्थलमा भवन निर्माणका गर्न पहल गरेको छ । विगत ५ वर्षे कार्यकालमा पनि भवन निर्माण गर्न नसकेका कारण पथरीशनिश्चरे नगरपालिकाले आफ्नो दैनिक कार्य सम्पादन गर्न र सेवाग्राहीलाई उचित सेवा पु¥याउन समस्या भइरहेको छ ।