साइनाे समाचारदाता /पथरी
असार ३१, मोरङको पथरी शनिश्चरेमा साढे ३ सय ग्राम लागुऔषधी (ब्राउन सुगर) सहित ६ युवा पक्राउ परेका छन । प्रहरीले ग्योप्य सुचनाका आधारमा उनिहरुलाई पथरी बजारको भिन्नाभिन्नै स्थानबाट पक्राउ गरेको हो । इलाका प्रहरी कार्यलय पथरीले पक्राउ परेका युवाहरुलाई लागुऔषधी सहित शुक्रबार सार्वजनिक गरेको छ ।
पक्राउ पर्नेमा मोरङ पथरी शनिश्चरे नगरपालिकाका विवेक दर्जी, सन्देश राई, बिपिन थापा, दिपेश सार्की, दिपेश दर्जी रहेका इलाका प्रहरी कार्यलय पथरीले जनाएको छ । इलाका प्रहरी कार्यलय पथरीले सन्देश राईलाई असार १२ गते लागुऔषधी सेवन गर्ने क्रममा पक्राउ गरेका थियो । राईको बयानका आधारमा थापालाई पक्राउ गरेको इलाका प्रहरी कार्यलय पथरीका प्रहरी नायब उपरीक्षक बेद प्रसाग गौतमले बताए । थापा लागुऔषधी सेवन र बिक्रीकर्ता रहेको प्रहरीको अनुशन्धाबाट खुलेको छ । थापाई आफ्नै घरबाट १ ग्राम ६५० मिलिग्राम ब्राउन सुगर (लागुऔषधी) सहित पक्राउ गरेको थियो ।
पक्राउ परेका युवाहरुको अनुशन्धाबाट असार २७ गते प्रहरीले ३५ पोका ब्राउन सुगर सहित दिपेश सार्कीलाई पक्राउ गरेको थियो । सार्की पनि ब्राउन सुगर बेचबिखनमा संलग्न गरेको प्रहरीले जानकारी दिएको छ । पक्राउ परेका युवाहरु लागुऔषधी सेवन कर्ता र बेचबिखन गर्ने भएकाले अनुशन्धान भैरहेको प्रहरी नायब उपरीक्षक बेद प्रसाग गौतमले बताए । गौतमले पथरी शनिश्चरेमा अभिभावकको कम्जोरीका कारण र नजिकै रहेको खुल्ला बोडरका कारण धेरै युवाहरु लागुऔषधी दुर्वेशनीमा फसेका बताए ।