साइनाे समाचारदाता/पथरी
असार ३१, नेपालमा पेट्रोलियम खानीको प्रचुर सम्भावना रहेपनि यकिन गर्न नसक्दा खानीहरु बेवारिसे बनेका छन्। पेट्रोलियम पदार्थमा परनिर्भर रहनुपरेको नेपालमा १० वटा खानी छन्। सन् २०१९ देखि चीन सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा दैलेखमा पेट्रोलियम पदार्थको विस्तृत अन्वेषण कार्य अघि बढाइएको छ। तर कुनैपनि ठाउँमा सरकारले गहन अनुसन्धान र अध्ययन गर्न नसक्दा सञ्चालन र सदुपयोग हुन सकेका छैनन्। सरकारले सञ्चालनको लागि चासो र उत्सुकता नदेखाउँदा आफ्नै देशमा भएको पेट्रोल खेर गइरहेको छ।
मोरङको बेलबारी नगरपालीका वडा नम्बर ८ बाहुनीमा रहेको खानीको अवस्था पनि त्यस्तै छ। सरकारले चासो नदिँदा पेट्रोल खानी जिर्ण बन्दै गएको छ। अन्वेषण गर्न बनेका भवन भग्नावशेष भइसकेको छ भने अन्वेषण गर्न ल्याएको कच्चा पदार्थहरु नष्ट भएका छन्। सरकारले बेलाबेला आएर हेर्ने बाहेक अन्य काम गर्न नसकेको स्थानीय कुलबहादर भण्डारी बताउँछन् । भण्डारी भन्न भारतकाे दवाबमा नेपाल खानि संचालन नगरेकाे बताउछन ।
उनले सरकारले पूर्ण चासो दिएर काम गर्ने हो भने पेट्रोलका लागि अहिलेको अवस्थाको सामना गर्नु नपर्ने स्थानीय यामप्रसाद सिम्खडा बताउछन। वि.सं. २०४५ सालमा सरकारको सहयोगमा निजी विदेशी कम्पनीले मोरङको बाहुनीमा पेट्रोल खानीको अन्वेषण गरेपनि सरकारले उक्त कार्यलाई निरन्तरता दिन नसकेको सिम्खडा गुनासो छ ।
सिम्खडा भन्छन उक्त कम्पनीले ६ महिना लगाएर साढे तीन किलोमिटरसम्म जमिन छेडेर अध्ययन गरेको छ। ३४/३५ वर्ष बितिसक्दा पनि उक्त स्थानमा सरकारले कुनै काम नगरेको उनको भनाइ छ। उक्त स्थानको खानी सञ्चालनमा नल्याउन भारतको दबाव रहेको उनकाे गुनासो छ। उनले नेपालको उक्त खानी सञ्चालन गरे भारतको खानी सुक्ने भएकोले भारतले नदिएको गुनासो आउनेगरेको बताए।
२०४५ सालमा चाइना कम्पनिले आएर अनुसन्धान पूरा गरी नेपाल सरकारलाई जिम्मा लगाएको खानीका चाैकिदार कपिलमणी रेग्मीले बताए। अहिले खानी आसपासको क्षेत्र गौचरणमा सिमित भएको उनको भनाइ छ। सरकारको बेवास्थाका कारण हाल उक्त स्थान जंगलमा परिणत तएको छ।
सरकारको मुख्य समस्या पेट्रोलियम पदार्थको खानी स्वदेशमा नै रहेपनि आफूसँग भएका खानी सञ्चालन गर्न सकेको छैन। बेलबारी ८ बाहुनीमा रहेको व्यक्तिको ४.९६९ वर्गमिटर जमिन खानी तथा भूगर्भ विभागले किनेको छ। अहिले खानी सञ्चालनका लागि विदेशबाट मगाइएका सामानहरु बेवारिसे भइ खेर गएको स्थानीहरुको भनाइ छ।