पथरीमा एकादश दिवसीय शिवमहापुराण हुने - Sainokhabar
  • बुधबार, मङि्सर २०, २०८०

पथरीमा एकादश दिवसीय शिवमहापुराण हुने

साइनाे समाचारदाता/पथरी
असार ३१, स्वामी निर्विशेषान्नद आध्यात्मिक प्रतिष्ठानको आयोजनामा एकादश दिवसीय शिवमहापुराण ज्ञान महायज्ञ आयोजना हुने भएको छ । मोरङ पथरी शनिश्चरे वडा नंं. २ मा श्रावण १ गते देखि ११ गते सम्म ज्ञान महायज्ञ हुन लागेको आयोजकले पत्रकार सम्मेलन गरि जानकारी गराएको छ ।


“सर्वजन हिताय सर्वजन सुखाय” को मूल मर्मलाई आत्मसात गर्दै स्वामी निर्विशेषान्नद आध्यात्मिक प्रतिष्ठानले तेस्रो ज्ञान महायज्ञको आयोजना गर्न लागेको आयोजक समितिले जानकारी गराएको छ । प्रतिष्ठानले समाजबाट लोप हुँदै गएको धर्म, संस्कार, संस्कृति योग, साधनाको संरक्षण गर्ने उद्देश्यले प्रत्येक बर्ष ज्ञान महायज्ञ गर्दै आएको निर्विशेषानन्दको भनाइ छ ।
ज्ञान महायज्ञको प्रमख कथावाचक वृन्दावबका पण्डित श्री नरेश भागवतोपासक (नेपाल) रहनु भएको छ भने पाठबाचकमा पण्डित श्री रोशन दाहाल रहनु भएको छ । ज्ञान महायज्ञमा दैनिक मूल कथा, पाठ पारायण, ध्यान तथा योग संगै रुद्राभिषेक, महामृत्युञ्जय जप साधना, ज्ञान मञ्च एवं भजन कीर्तन, पूर्णाहुति एवं प्रसाद ग्रहण हुनेछ ।
प्रतिष्ठानले प्रतिष्ठान परिसरमा हरिहर मन्दिर निर्माण, शान्ति स्तुपा निर्माण, औषधिजन्य वनस्पतिले सुशोभित नक्षत्र वाटिका निर्माण, जेष्ठ नागरिकका लागि नारदनर्वदा स्मृति भवन निर्माण गर्ने उदेश्यका साथ ज्ञान महायज्ञको आयोजना गरिएको पण्डित श्री रोशन दाहाल बताउनु भयो ।
अनुमानित ५ लाख खर्च हुने ज्ञान महायज्ञबाट ३०/३५ लाख दान संकलन हुने प्रतिष्ठानका सचिव पुण्य प्रसाद पौडेलले बताउनु भयो । ज्ञान महायज्ञको समुद्घाटन पथरी शनिश्चरे नगर प्रमुख मोहन तुम्बापोले गर्नु हुने छ ।

सम्बन्धित खवर