पथरीमा साकोस गोष्ठी १८ र १९ गते, तिन सय सहकारीको सहभागिता - Sainokhabar
  • बिहिबार, मङि्सर २१, २०८०

पथरीमा साकोस गोष्ठी १८ र १९ गते, तिन सय सहकारीको सहभागिता

साइनो समाचारदाता /पथरी
असार १४, अन्तराष्ट्रिय सहकारी दिवशको अवसरमा जिल्ला बचत तथा ऋण सहकारी संघल दुई दिने साकोस गोष्ठी गर्ने भएको छ । संघको अवधारण अन्तरगत प्रत्येक तिन बर्षमा हुने साकोस गोष्ठी असार १८ र १९ गते मोरङको पथरी शनिश्चरेमा रहेको सिन भिलेज पार्टी प्यालेसमा हुने छ ।


संघले बुधबार पत्रकार संम्मेलनको आयोजना गरि १८ र १९ गतेको कार्यतालिका सार्वजनिक गरेको छ । २०५१ देखि बचत तथा ऋण सहकारी संस्थालाई वित्तिय तथा गैर वित्तिय सेवा प्रदान गर्दै आएको संघले सहकारीलाई उन्नत र ब्यावस्थित बनाउने उदेश्य अनुरुप २ दिने गोष्ठीको आयोजना हुन लागेको संघका जिल्ला सचिव एकराज निरौलाले बताए ।
संघले दुइ दिने कार्यक्रम अन्तरगत साकोस सञ्जालिकरण र प्रविधी, सहकारीको नियमन र प्रवद्र्धनमा नियामक निकायको भुमिका र सवालका क्षेत्रहरु, संघियतामा सहकारी ः स्थानिय तहको भुमिका, जोखिम न्यूनिकरण एवम सक्षम सहकारी विकासको आधार र आर्थिक समृद्धिको यात्रामा नेपालको सहकारी आन्दोलन लगायतका कार्यपत्रमा छलफल हुने पत्रकार सम्मेलनमा जानकारी गराएको छ ।
नेफ्स्कुनका महासचिव दामोदर अधिकारीले “साकोस सञ्जालिकरण र प्रविधी”, नेपाल सरकारका पुर्व सचिव गोपीनाथ मैनालीले “सहकारीको नियमन र प्रवद्र्धनमा नियामक निकायको भुमिका र सवालका क्षेत्रहरु”, जिल्ला बचत संघका पुर्व अध्यक्ष तथा कानेपोखरी गाउपालिका निवर्तमान अध्यक्ष ताराबहादुर काफ्लेले “संघियतामा सहकारी स्थानिय तहको भुमिका”, राष्ट्रिय सहकारी बैक लि. का प्रमुख कार्यकारी अधिकृत वद्रिनाथ गुरगाइले “जोखिम न्यूनिकरण एवम सक्षम सहकारी विकासको आधार” र प्रध्यपक डा. अर्जुन बरालले “आर्थिक समृद्धिको यात्रामा नेपालको सहकारी आन्दोलन” विषयक कार्यपत्र प्रस्तुत गने सचिव निरौलाले बताए ।
जिल्ला संघमा आवद्ध भएका २७१ वटा बचत तथा ऋण सहकारी संस्था, अन्य उदेश्यका सहकारी संस्था र संघमा आवद्ध नभएका बचत तथा ऋण सहकारी संस्थाले गोष्ठीमा सहभागिता जनाउन पाउने । सचिव निरौलाले दुई दिने गोष्ठीमा मोरङ जिल्लाका करिव ३ सय सहकारी संस्थाले सहभागि जनाउने संघका सदस्य गणेश बाछाना राईले बताउनु भयो ।
मोरङ जिल्ला भरिका संघका सदस्य संस्था तथा सहकारी संस्थाहरुको सहभागिता रहने कार्यक्रमको उद्घाटन नेफ्स्कुनका अध्यक्ष परितोस पौड्याल द्धारा हुने छ भने कार्यक्रममा मोरङ जिल्लाका सबै पालिकाका प्रमुख उप प्रमुखलाई सम्मान गरिने छ ।

सम्बन्धित खवर