नगरको मुख्य प्राथमित्तामा शिक्षा, स्वास्थ र कृषी : नगर प्रमुख तुम्बापो - Sainokhabar
  • बिहिबार, मङि्सर २१, २०८०

नगरको मुख्य प्राथमित्तामा शिक्षा, स्वास्थ र कृषी : नगर प्रमुख तुम्बापो

साइनाेसमाचारदाता/ पथरी
असार ११, पथरी शनिश्चरेको ११ औं नगरसभा सम्पन्न भएको छ । नगर सभाले आउदो आर्थिक बर्ष २०७९/८० का लागि १ अर्व २७ करोड १५ लाख ४१ हजार ४४ रुपैयाँको अनुमानित आयव्यय बजेट ल्याएको छ । नगरसभाले नगरका १० ओटा वडाका ३ सय २० योजनाका लागि ७ करोड १५ लाख १ हजार ७ रुपयाँ विनियोजन गरेको प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद खरेलले जानकारी गराउनु भयो ।


नगरले ११ गते शनिवार पत्रकार सम्मेलन गरि आर्थिक वर्ष २०७९÷८० को नीति, कार्यक्रम सार्वजनीक गरेको हो । १० गते भएको नगर सभाले पथरी शनिश्चरे वडा नं. १ लाई ६७ लाख ४ हजार, २ लाई ७२ लाख ५५ हजार, ३ लाई ७२ लाख १२ हजार ९ सय ९८, ४ लाई ७३ लाख ७५ हजार ९ रुपयाँ, ५ लाई ७६ लाख २५ हजार, ६ लाई ७५ लाख ५८ हजार, ७ लाई ६९ लाख ४४ हजार, ८ लाई ७१ लाख ८१ हजार, ९ लाई ६७ लाख ६३ हजार, १० लाई ६८ लाख ८३ हजार वजेट विनियोजन भएको छ ।


नगरले नगरको मुख्य प्राथमित्तामा शिक्षा, स्वास्थ र कृषीलाई लिएको नगर प्रमुख मोहन तुम्बापोले जानकारी दिनु भयो । जस्का लागि नगरले शिक्षामा २ करोड १० लाख, स्वास्थमा १ करोड ५५ लाख र कृषिमा पशुपंक्षी तथा मत्स्य बिकासमा ५७ लाख २५ हजार, कृषी विकास कार्यक्रममा ५५ लाख ७५ हजार विनियोजन गरेको नगर प्रमुख तुम्वापोले बताउनु भयो । नगरले अघिल्लो आर्थिक बर्षको निति तथा कार्यक्रमलाई यथावत रुपमा केहि थपघट हुने गरि कार्यक्रम र योजनाहरु ल्याएको तुम्बापोको भनाई छ ।
पत्रकार सम्मेलनमा उपप्रमुख देवीमाया काफ्ले लगायत वडाध्यक्षको उपस्थीत रहेको थियो । पथरीशनिश्चरे नगपालिकाको लागि संघिय सरकारबाट १ अर्ब २७ करोड १५ लाख ४१ हजार ४४ रुपयाँको बजेट आएको छ ।

 

सम्बन्धित खवर