जीप अनियन्त्रित भइ नदीमा खस्दा चालक र सहचालकको ज्यान गयो - Sainokhabar
  • शुक्रबार, मङि्सर २२, २०८०

जीप अनियन्त्रित भइ नदीमा खस्दा चालक र सहचालकको ज्यान गयो

रुकुम पश्चिम आठबिसकोट नगरपालिका–११ चिसापनी नजिकै जीप दुर्घटना हुँदा चालक र सहचालकको ज्यान गएको छ ।

राडीबाट रिम्नाका लागि छुटेको ग १ ज १८९७ नम्बरको जीप हिजो बेलुका दुर्घटना हुँदा चालक बाँफिकोट गाउँपालिका–८ दुलिका कविराम विक र सहचालक मुसिकोट नगरपालिका–११ का कमल खड्काको ज्यान गएको इलाका प्रहरी कार्यालय आठबिसकोटले जनाएको छ ।प्रहरीका अनुसार जीपमा चालक र सहचालक मात्र थिए । जीप अनियन्त्रित भइ भेरी नदीमा खसेको प्रहरीले जनाएको छ ।

सम्बन्धित खवर