संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेविरुद्ध निवेदन परेको छ ।
नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्ष युवराज अधिकारीले मन्त्री आलेले धम्की दिएको भन्दै जिल्ला प्रशासन कार्यालय काठमाडौँ र जिल्ला प्रहरी परिसर टेकुमा निवेदन दिएका हुन् । निवेदक अधिकारीले दुवै कार्यालयमा आफैँ उपस्थित भएर बुझाएको निवेदनमा मन्त्री आलेले गोली हान्ने र कुटपिट गर्ने धम्की दिएको उल्लेख छ । पर्यटनमन्त्री आलेले नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्ष अधिकारीमाथि हातपात गरेको घटना हिजो बाहिरिएको थियो ।