भिरालो जमिनमा बसोबास गर्नेलाई चनाखो हुन आग्रह - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • आइतबार, बैशाख ०२, २०८१

भिरालो जमिनमा बसोबास गर्नेलाई चनाखो हुन आग्रह

रातभर पानी परे पनि अहिले देशका धेरै ठाउँमा घाम चर्किएको छ । गएराति देशका धेरै ठाउँमा लागातार पानी पर्दा ठाउँ-ठाउँमा पहिरो गएको छ ।

पहिरोको कारण मुख्य राजमार्गमा गाडीको चाप परेको छ । तर, बिहान भएसँगै पानी पर्न रोकिएको छ । केही दिनदेखि रातमा झरी पर्ने र दिउँसो घाम लाग्ने भइरहेको छ । मौसमविद् वरुण पौडेलका अनुसार अबको केही दिन रातभर पानी पर्ने र बिहान, दिउँसो चर्काे घाम लाग्ने अनुमान गरिएको छ ।

बर्खामा मनसुनको जलवाष्पयुक्त हावाका कारण रातको समयमा बादल बन्न सजिलो हुने भएकाले रातभरी पानी पर्ने मौसमविद् पौडेलले जानकारी दिनुभयो । आज पनि बिहान र दिउँसोको समयमा चर्को घाम लाग्ने र राति पानी पर्ने सम्भावना रहेको उहाँले बताउनुभयो।

राति पानी पर्ने भएकाले भिरालो जमिनमा बसोबास गर्नेलाई चनाखो भएर सुत्न मौसमविद्को आग्रह छ । सकेसम्म पहिरोको जोखिम रहेका ठाउँमा नबस्न र बस्नै परे चनाखो हुन मौसमविद्को सुझाव छ।

यस्तै, आज मनसुन सक्रिय रहेको चार प्रदेश वाग्मती, गण्डकी, मधेस प्रदेश र प्रदेश-१ सहित लुम्बिनी र सुदूरपश्चिममा पनि पानी पर्ने अनुमान गरिएको छ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा मनसुन सक्रिय छैन । तर मनसुनको आंशिक प्रभाव र त्यहाँ विकसित भएका स्थानीय वायुको प्रणालीका कारण आज त्यस क्षेत्रमा पनि पानी पर्ने मौसमविद्ले बताएका छन् ।

सम्बन्धित खवर