ग्राहककाे आवश्यक्ता अनुसार इन्टरनेट सेवा शुरु गर्याे वर्ल्ड लिंकले - Sainokhabar
  • शुक्रबार, मङि्सर २२, २०८०

ग्राहककाे आवश्यक्ता अनुसार इन्टरनेट सेवा शुरु गर्याे वर्ल्ड लिंकले

साइनाे समाचारदाता दमक/ वर्ल्ड लिंक कम्युनिकेशन लिमिटेड दमक शाखाले ग्राहकहरुको आवश्यक्ता अनुसार इन्टरनेट सेवा शुरु गरेको छ । वर्ल्ड लिंक कम्युनिकेशन लिमिटेडले ग्राहकको आवश्यत्तालाई मध्यनजर गरि चाहना र दक्षता अनुसारको प्याकेज दिन शुरु गरेको दमक शाखा प्रमुख राजन तिम्सिनाले बताउनु भयो ।


सम्पुर्ण नेपालीको पहुचमा इन्टरनेट पुर्याउने उदेश्य लिएको वर्ल्ड लिंकले दमक नगरपालिका भित्रि गाउँ गाउँमा समेत इन्टरनेट पुर्याई सकेको छ । दमक शाखाले ग्राहकको अबश्यक्ता र क्षमाता अनुसारको इन्टरनेट प्याकेज दिन शुरु गरि सकेको छ । ग्राहकले मागे जसो प्याकेज वर्ल्ड लिंकमा रहेको तिम्सिनाले बताउनु भयो ।
वर्ल्ड लिंकले आफ्ना ग्राहको सेवालाई मध्य नजर गर्दै गाउँपालिका, नगरपालिका तथा वडा कार्यालय, हेल्थ पोष्ट, हेल्थ सेन्टर र सामुदायिक अस्पताल, सामुदायिक माध्यामिक विद्यालय तथा चोक बजारहरूमा फ्रि वाईफाई इन्टरनेट सेवा समेत विस्तार गर्दै आएको छ । छिटो र सुबिधा युक्त सेवाका कारण नेपालको इन्टरनेटको दुनियामा वल्र्ड लिंक अग्रस्थानमा रहेको छ ।
वर्ल्ड लिंकमा गुणस्तरीय सेवाका साथ बिभिन्न समयमा बिभिन्न अफर सहित नेपालको दुरदराजमा आफ्नो सेवा विस्तार गर्दै आएको दमक शाखा प्रमुख तिम्सिनाले बताउनु भयो ।

सम्बन्धित खवर