साइनाे समाचारदाता पथरी/ जेठ ३० मोरङको पथरी शनिश्चरे नगरपालिका वडा नं. ६ मा सार्वजनिक जग्गा संरक्षण गर्दा स्थानीय दुई ब्यात्तीले वडाध्यक्ष कृष्ण कुमार बस्नेत माथि दुर्व्यवहार गरेका छन । पर्शु मण्डल र भडु मण्डलले सार्वजनीक जग्गामा डोजर चलाए पछि रोक्ने क्रममा वडाध्यक्ष माथि दुर्व्यवहार गरेको स्थानीयले बताएका छन । साझको समयमा सावजनीक भनिएको जग्गामा डोजर चले पछि रोक्न गएका वडाध्यक्षलाई अश्लिल शब्द प्रयोग गर्दै डोजर रोक्ने त को हो भनेर प्रश्न गरेका थिए । प्रश्न गर्ने मण्डलद्धयले सुरेन्द्र निरौलाको आडमा सार्वजनीक जग्गामा पोखरी खनाएको स्थानीय बताउछन ।
१० बर्ष अघी स्थानीय लप्टन बलबहादुर निरौलाले संरक्षण गर्दै आएको २ बिघा १५ कठ्ठा जग्गा अमर सिंह मावी र वडाको स्वामित्वमा आएको थियो । हाल आएर उक्त जग्गामा बलबहादुरका जेठा छोरा सुरेन्द्र निरौलाले गिद्दे नजर लगाएको स्थानीयले बताएका छन ।
सुरेन्द्र निरौलाले स्कुलको मातहतमा आएको जग्गमा डोजर लगाएर पोखरी खन्न थाले पछि स्थानीयले वडाध्यक्ष कृष्ण कुमार बस्नेतलाई खवर गरेका थिए । वडामा फुटवल मैदान नभएका कारण वडा र स्कुलले लप्टन बलबाहादुर निरौलाको स्मृती खेल मैदानका बनाउन सुरु गरेको छ । खेल मैदान संगै जोडिएको जग्गामा सुरेन्द्र आडमा पर्शु मण्डल र भडु मण्डलले पोखरी खनाए पछि विबाद सुरु भएको छ ।
उत्त स्थानमा वडा र प्रदेश सरकारको लगानीमा ११ लाख खर्च गरी पोखरी पुरेर खेल मैदान निर्माण भएको छ । बाबुले संरक्षण गरि स्कुललाई दिएको जग्गामा दाजु सुरेन्द्र निरौलाले गैह«कानुनी ठंगले भु–माफियाको सहयोगमा जग्गा किनबेच गर्दै पैसा लिएको भन्दै लप्टन बलबहादुर निरौलाका ३ छोरा सुभास कुमार निरौला, दिपक कुमार निरौला, जिवन कुमार निरौला, बुहारी सुमन निरौला र नाति नितेश निरौलाले विद्याको मन्दिर स्कुलाई दिएको जग्गाको संरक्षण गर्न नगर र वडालाई २०७६ फागुन ४ मा जानकारी गराएका थियो ।
२ बिघा १५ कठ्ठा रहेको जग्गामा परिवारले स्कुल र वडाको संरक्षण रहने गरि लप्टन बलबाहादुर स्मृती खेल मैदान, साप्ताहीक हाट, प्रहरी चौकी, मन्दिरमा शिवरात्री पर्व मनाउने जस्ता कार्य सुरुवात गर्न उत्त जग्गा वडाको स्वामित्वमा हस्तान्तरण गरेको निबेदनमा उल्लेख छ ।
मन्दिर, प्रहरी चौकी र खेल मैदानले भोग गरेको देखि खाली रहेको जग्गामा केहि सुकुम्बासी रहेका छन भने खालि रहेको जग्गामा जेठा छोरा सुरेन्द्र निरौलाले पोखरी खनि भोग चलन गर्न खोचे पछि स्थानीय बिरोधमा उत्रिएका छन । डोजर चलेको सुचना गर्ने र बिबाद समाधान निकाली अगाडी बढ्न सुझाव दिएका प्रकाश मण्डललाई शरिरको छाला काड्छु भन्दै मण्डलद्धयले धम्की दिएका छन ।
यता सुरेन्द्र निरौलाले भने उत्त जग्गामा रहेको पोखरी आफ्नो रहेको र पोखरी निर्माण गर्न लागेको बताएका छन । पोखरी निर्माण कार्यमा आफुले मण्डललाई सहयोग लिएको निरौलाले बताए । आफुले नै उत्त स्थान बाहेकको अन्य जग्गा वडा र स्कुललाई दिएको उनको भनाई छ ।
गौचरणको नाममा रहेको जग्गा लप्टन बलबहादुर निरौलाले भोग चलन गरेको र उहाका छोराहरुले सर्वसमत रुपमा स्कुल र वडालाई दिएको पुर्व वडाध्यक्ष तथा बर्तमान मेलमिलाप समिती वडा नं. ६ का संयोजक रमेश ढकालले बताए । ढकालले भने वडाध्यक्ष बस्नेतले वडाका गतिविधीमा चासो राख्दा दुर्व्यवहार हुनु गलत रहेको बताए ।
गाविस हुदै बलबहादुरका छोराहरुले उक्त जमिन गाविसको रोहवरमा अमर सिह मावीलाई दिएको पशुराम कटुवालले बताए । हालकी उपप्रमुख देविमाया काफ्ले, रमेश ढकाल र आफु त्यसको प्रत्यक्ष साक्षी रहेको कटुवालले भनाइ छ ।
विबाद भैरहेको र छलफलका लागि बोलाए तर छलफलमा नआएर साझको समयमा जेसिभी लगाए पछि स्थानीयले बोलाए पछि आफुले प्रहरी सहित उक्त स्थानमा गएर निर्माण कार्य रोक लगाएको र केहि बिबाद उत्पन्न भएको वडाध्यक्ष बस्नेतले बताए ।
सामान्य घटनालाई राजनितीक प्रतिश्वध साधेर घटनालाई मोडेको स्थानीय बताउछन । छलफलद्धारा समाधान गर्नु पर्नेमा भडु मण्डलका छोरा गएको स्थानिय चुनावमा एमालेबाट वडा सदस्यमा हार बेहोरेका रोहिन मण्डलले उत्त घटनालाई तोडमोड गरि वडाध्यक्षको चरित्र हत्या गर्न खोजेको स्थानीयको भनाई छ ।