प्रेमप्रसाद भट्टराई (के.डी)
पथरी / मोरङको पथरीशनिश्चरेमा महिला हिंशा विरुद्ध विरोध खबरदारी कार्यक्रम भएको छ । पछिल्लो समय देशभर नै महिला हिंसाका घट्ना बढ्दै गएपछि पथरीशनिश्चरेका महिलाहरुले महिला हिंसाविरुद्ध खबरदारी कार्यक्रम गरेका हुन् ।
‘बलात्कार विरुद्धको आवाज, न्याय सहितको पुर्ननिर्मित समाज’ भन्ने मुल नाराका साथ गरिएको उक्त खबरदारी कार्यक्रममा सामाजिक अभियान्ता दिपु खड्का, नेपाली काङग्रेसकी नेतृ राधा संग्रौला, नेकपा एमालेका वडा नं १ का अध्यक्ष प्रदिपकुमार राई लगायतको सहभागिता रहेको थियो । कार्यक्रममा बोल्दै नेतृ राधा संग्रौलाले महिला हिंसाविरुद्ध सबै एकजुट हुनुपनर्् बताइन् । नेकपा एमाले पथरीशनिश्चरे वडा नं १ अध्यक्ष प्रदिपकुमार राईले समाजमा महिला छोरीचेलीहरु असुरक्षीत बन्दै गएकोमा दुःख ब्यक्त गरे । स्वतस्फूर्त रुपमा निस्कीएका महिला तथा सहभागिले गोर्खा डिपार्टमेन्टबाट बजारलाइन हुदै मन्दिरलाइनमा कोणसभाको आयोजना गरि कार्यक्रम समापन गरेका थिए ।