पथरी शनिश्चरेमा सेञ्चुरी बैंककाे शाखा उद्घाटन - Sainokhabar
  • सोमबार, मङि्सर १८, २०८०

पथरी शनिश्चरेमा सेञ्चुरी बैंककाे शाखा उद्घाटन

साइनाे समाचारदाता पथरी/ जेठ १७ 
सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले आफ्नो सेवा विस्तार गर्दै मोरङको पथरी शनिश्चरे नगरपालिकामा आफ्नो १ सय ४५ औं शाखाको उद्घाटन गरेको छ । सेञ्चुरी बैक, सरल बैक, सबैको बैक, सधैको बैक बनाउने उदेश्यका साथ १७ गते मंगलबार पथरी शाखाको उद्धघाटन गरेको छ ।

बैकको उद्घाटन पथरी शनिश्चरे नगर प्रमुख मोहन तुम्वापो, बैकका संचालक समिति सदस्य मनबहादुर राई र प्रमुख कार्यकारी अधिकृत मनोजकुमार न्यौपानेले गर्नु भएको छ । नेपाल राष्ट्र बैंकबाट क बर्गको ईजाजत प्राप्त बैकले यही आथिक बर्ष भित्र पुर्व मेची देखि पश्चिम माहाकाली सम्म १५० शाखा पुर्याउने लक्ष्य रहेको सेञ्चुरी बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज कुमार न्यौपानेले बताए ।
कार्यक्रमका प्रमुख अतिथी पथरी शनिश्चरे नगर प्रमुख मोहन तुम्बापोले जनतालाई छिटो र छरितो ढङगबाट सेवा प्रबाह गर्दै किसानलाई अभिप्ररित हुके किसिमका कृषि योजना ल्याए नगर बैक संग हातेमालो गर्न तयार रहेको बताए ।

बैंकले २०७८ चैत्र मसान्त सम्ममा बैंकले रु. ९२ अर्ब ९६ करोड निक्षेप संकलन रकर्जा रु. ८९ अर्ब ६५ करोड कर्जा प्रदान गरी १ अर्ब १ करोड ५६ लाख खुद मुनाफा आर्जन गर्न सफल भएको कार्यक्रममा विशिष्ट अतिथी बैकका संचालक समिति सदस्य मनबहादुर राईले बताउनु भयो । राईले जनताका साना भन्दा साना बैंकीङ समस्यालाई चिर्दै सरल र सुलब ढङले सेवा प्रवाह गर्ने भएकाले बैकलाई सेवा गर्ने मैका दिनुहुन सबैमा अनुरोध गरेका छन ।

बैकले देशका सुगम तथा दुर्गम क्षेत्रमा सेवा विस्तार गर्ने उद्देश्यका साथ देशका विभिन्न स्थानहरुमा शाखा, शाखारहित बैंकिङ्ग तथा एक्सटेन्सन काउण्टरहरु संचालनमा ल्यएको प्रमुख कार्यकारी अधिकृत मनोजकुमार न्यौपानेले बताउनु भयो । बैकले नेपालका बिभिन्न ठाउमा १४५ शाखा, १० एक्सटेन्सन काउण्टर, २४ शाखा रहित बैंकिङ्ग र ११५ वटा एटिएम मार्फत वित्तीय सेवा प्रदान गर्दै आएको पथरी शाखा प्रमुख गणेश बरालले बताउनु भयो ।
कार्यक्रमम बैकका संचालक समिति सदस्य मनबहादुर राईको अध्यक्षतामा सम्पन्न भएको थियो भने कार्यक्रमम बैकका १ नम्वर प्रदेश प्रमुख दिपक कुमार पौडेलले संचालन गर्नु भएको थियो ।
भिडियो एफ टिभी सुनसरीको पथरीमा सेञ्चुरी बैंक हो ।

सम्बन्धित खवर