सुपर भिजनकाे अनलाईन गायन प्रतियाेगिताकाे उपाधी भाेजपुरका रियाजलाई - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • शनिबार, जेठ ०५, २०८१

सुपर भिजनकाे अनलाईन गायन प्रतियाेगिताकाे उपाधी भाेजपुरका रियाजलाई

सराेज निराैला झापा – १४ जेष्ठ / ईच्छा र प्रवल शक्ति छ भने केहिले राेक्दैन भन्ने युक्ति त सबैले सुनेकै छाैँ । गर्न सके हर कुरा असंभव भन्ने हुदैन यस्तै लक्ष्य लिएर निरन्तर अगाडि बढिरहेकाे सुपर भिजन म्यासेन्जर समूहले अनलाइन गायन प्रतियोगिता सम्पन्न गरेकाे छ । कला र गलाकाे संम्मान गर्दै सांगीतिक साथै विविध कुरालाई समेटेर उदाउदा नक्षत्रलाई अगाडि लाने अभिप्रायले २०७९ साल श्रावण १५ गते स्थापना भएकाे साे ग्रुपले आज विधिवत रुपमा आफ्नाे चाैथाे कार्यक्रम अन्तरगत अनलाई गायन प्रतियोगिता सम्पन्न गरेकाे हाे ।

 

देशका विभिन्न क्षेत्रमा लुकेर रहेका दृष्टिविहिन र अपांगता भएका व्यक्तिको क्षमताकाे बिकास गर्ने उदेश्यका साथ सुरु भएकाे प्रतिभा प्रस्फुटन कार्यक्रम आयाेजना गरिएकाे ग्रुपका सदस्य पशुपति चाैधरिले जानकारी दिनुभयाे । जुम प्लेटफर्मबाट आयाेजना गरिएकाे कार्यक्रममा देशका विभिन्न क्षेत्रका कला र गलाका धनी भएका प्रतियोगिले सहभागीता जनाएका थिए । गत बैशाख ९ गते बाट सुरु भएकाे गायन प्रतियोगितामा ६ जना महिला र ४ जना पुरुष गरि १० जनाकाे सहभागीता रहेकाे थियाे । सहभागीले घरबाटनै भिडियो रेकर्डिङकाे मध्यमबाट गायनमा सहभागीता जनाएका थिए ।

निर्णायक र भाेटिङका माध्यमबाट सुरु गरिएकाे प्रतियाेगितामा भाेजपुरका रियाज वान्तवा प्रथम, काठमाडौकि संगीता घिमिरे दाेस्राे र धरानकी आश्मा पयाङ्गु लिम्बू तृतीय भएका छन । प्रथम दितिय र तृतीयले क्रमश नगद १५ हजार, १० हजार र ७ हजार प्राप्त गरेका छन् । देश बिदेशमा रहनुएका दृष्टिविहिन साथै सबल युवाहरुकाे सक्रियतामा रकम संकलन कार्यक्रम सम्पन्न भएकाे सदस्य चाैधरीले जानकारी दिनुभयाे।

दृष्टिविहिन र अपांगता भएका व्यक्तिको क्षमता प्रस्फुटन कार्यक्रम सुरु भए यता ग्रुपकाे कार्यकाे सरहना गर्दै सहयाेग रकम समेत संकलन हुन थालेकाे छ । यस्तै कार्यक्रम सफल बनाउन राष्ट्रिय अपांग महासंघ लुम्बिनीका प्रदेश सचिव तथा कार्यक्रमका विषिष्ठ अतिथि हुमनाथ अधिकारीले रु २५०० सहयाेग गर्नुभएकाे छ ।

ग्रुपले विभिन्न समयमा अनलाईन देउसिभैलाे, अनलाई हिज्जे, अनलाइन बादविवाद लगायतका कार्यक्रम सम्पन्न गरेकाे छ भने आगामि दिनमा अनलाईन गजल कविता साथै तिज गित प्रतियोगिताकाे आयाेजना गर्ने सदस्य चाैधरीले जानकारी दिनुभयाे। । कार्यक्रम ग्रुपका सल्लाहकार तथा नेत्रहीन युवा संघ माेरङका अध्यक्ष दुर्गानाथ याेगीकाे अध्यक्षता सुरु भएकाे हाे ।  कार्यक्रममा नेत्रहीन युवा संघ नेपालका केन्द्रीय अध्यक्ष कलाधर भण्डारीकाे प्रमुख आतिथ्य रहेकाे थियाे भने कार्यक्रम विषिष्ठ अतिथी राष्ट्रिय अपांग महासंघ लुम्विनि प्रदेश सचिव हाेमनाथ अधिकारी रहनु भएकाे थियाे । कार्यक्रममा रुपन्देही नेत्रहीन युवा संघ अध्यक्ष टिकाराम पाैडेल, नेपाल नेत्रहीन केन्द्रीय युवा संघ सदस्य सरिता दहाल, मेचि नेत्रहीन संघ उपाध्यक्ष भाेजराज भुजेल, ग्रुपमा सक्रिय सदस्य राज केसी पत्रकार, बुद्धिजीवी लगायतकाे आतिथ्यता रहेकाे थियाे ।

कार्यक्रमकाे निर्णायकमा साङ्गितिक क्षेत्रमा लामाे समयबाट काम गर्दै आउनु भएका  झापाका मणि बर्देवा, काठमाडौका प्रेम लिम्बु र जीवन राई रहनु भएकाे थियाे । कार्यक्रममा ग्रुपका सदस्य दुर्गा पाैडेलले स्वागत मन्तब्य राख्नु भएकाे थियाे । ५० जना भन्दा बढिकाे सहभागीता रहेकाे भर्चुअल कार्यक्रमकाे सञ्चालन ग्रुपका सदस्यद्वय माधव कँडेल र रमेश थारुले संयुक्तरूपमा गर्नुभएकाे थियाे ।

सम्बन्धित खवर