पथरी शनिश्‍चरे नगरपालिकामा एमालेकाे विजयी - Sainokhabar
  • सोमबार, मङि्सर १८, २०८०

पथरी शनिश्‍चरे नगरपालिकामा एमालेकाे विजयी

साइनाे समाचारदाता पथरी/ मोरङको पथरी शनिश्चरे नगरपालिकाकाे नगर प्रमुखमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उम्मेदवार मोहनप्रसाद तुम्‍वापो १२ हजार ९ सय ५६ मत ल्याई विजयी भएका छन् ।

उनले निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेस उम्मेदवार नगेन्द्रबहादुर सुब्बालाई १ हजा ८ सय १० मतान्तरले पराजित गरेका हुन् । पराजित नगेन्द्रबहादुर सुब्बाले ११ हजार १ सय ४६ मत ल्याएका छन् ।

यस्तै, उपप्रमुखमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)की उम्मेदवार देवीमाया काफ्‍ले ११ हजार ७ सय ४७ मतसहित विजयी भएकी छन् । उनकी निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी उम्मेदवार कविता पराजुलीले ११ हजार ३ सय ९० मत ल्याएकी छन् ।

त्यस्तै वडा नं १ मा एमालेका भिम राईले २ मा एमालेकै नैना राई ३ मा नेपाली कांग्रेसका विजय सुब्बा ४ मा नेपाली का‌ग्रेसका लाेक किरण न्याैपाने ५ मा नेपाली काग्रेसका चेतेन्द्र खड्का ६ मा नेपाली काग्रेसका कृष्णकुमार बस्नेत ७ मा एमालेका उद्धवराज बस्नेत ८ मा एमालेका नविन कार्की ९ मा नेपाली कांग्रेसका वीर वहादुर राई र १० मा एमालेका जिवन खतिवडा विजयी भएका छन ।

सम्बन्धित खवर