स्थानिय चुनावमा भएको फोहोर सफाई गर्दै पथरी प्रहरी - Sainokhabar
  • सोमबार, मङि्सर १८, २०८०

स्थानिय चुनावमा भएको फोहोर सफाई गर्दै पथरी प्रहरी

साइनाे समाचारदाता पथरी/बैशाख ७
स्थानियतह चुर्नाव २०७९ को मतगणना स्थलमा भएको फोहोर एक हप्ता सम्म पनि सफाई नभए पछि नेपाल प्रहरीले सफाई गरेको छ । पथरी शनिश्चरे नगरपालिका वडा नं. १ मा रहेको पथरी बहुमुखी क्याम्पसमा मतदान केन्द्रको सरसफाई नभएका कारण नेपाल प्रहरीले उक्त स्थानको सफाई गरेको हो ।

पथरी ईलाकाका डि एस पि बेद प्रसाद गौतमको नेत्रित्वमा रहेको नेपाल प्रहरीका कर्मचारीहरूबाट सरसफाई सम्पन्न भएको हो । मतगणना स्थलमा एक हप्ता सम्म मतगणना हुदा भएको फोहोरले क्याम्पसको सुन्दता बिगारेका कारण सरसफाई सुरु गरेको थियो । मतगणना स्थलको सुरक्षाको जिम्मा लिएको नेपाल प्रहरीले मतगणना स्थल छाड्नु अघि सरसफाई गरेर क्याम्पस प्रसासनलाई जिम्मा लगाएको छ ।

क्याम्पस सार्वजनीक स्थल भएको र कसैले पनि सरसफाई नगरेका कारण प्रहरी पनि समाजको नागरिक भएकाले सफाई गरेको डि एस पि बेद प्रसाद गौगमले बताए । चुनावको २ दिन अघि पथरी शनिश्चरेको शान्ति शुरक्षको जिम्मा पाएको इलाका प्रहरी कार्यलयका प्रमुख गौतमले पथरी शनिश्चरेबासीबाट चुनावका बेला ठुलो साथ सहयोग पाएको बताए । विगतको चुनावमा जस्तो झै–झगडा नभएको चुनाव पनि उच्छरीङ्कल नभएको गौतम बताउछन । छोटो समयमा सबै राजनितीक दल संग छलफल हुन पाएन तर पनि चुनावमा सबैको साथ सहयोगका कारण चुनाव सम्पन्न गर्न पाएको गौतमले बताए । पथरी शनिश्चरे वासी र राजनितीक दलको यस्तै साथ सहयोग पाए पथरी शनिश्चरेको मुहार फेर्न कुनै ठुलो सकस गर्नु नपर्ने उनको भनाई छ ।

चैत्र २७ गते पथरी ईलाकाको नेत्रित्व समालेका गौतमले मतदान र मतगणनाका समयमा पथरी शनिश्चरे वासीले सोचेको भन्दा राम्रो शान्ति शुरक्ष दिएको स्थानियहरु बताउछन । प्रहरीको एक्लो प्रयासले मात्र समाजमा शान्ति सुरक्ष अमन चयन कायम गर्न नसकिने भएकाले समाज र नागरीकको साथ सहयोगको अपेक्षा रहेको गौतमले बताए ।

सम्बन्धित खवर