पथरीशनिश्चरे वडा नम्बर १० का वडाध्यक्षका उमेद्वार भुवन को हुन ? - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • शनिबार, साउन १२, २०८१

पथरीशनिश्चरे वडा नम्बर १० का वडाध्यक्षका उमेद्वार भुवन को हुन ?

पथरीशनिश्चरे,२७ बैशाख । मोरङको पथरीशनिश्चरे–१० मा नेपाली कांग्रेसका वडाध्यक्षका उम्मेद्वार भूबन थापाले सबै मतदाताको ध्यान खिचेका छन् ।

उनको प्रतीज्ञा छ–‘म कमाउन जान लागेको होइन् । घर, गाडी लगायतका सेवा सुविधा वडाध्यक्ष नहुँदै उपयोग गरिरहेको छु । थापा प्राप्त सबै सरकारी सेवा सुबिधा विपन्न परिवारको स्वास्थ्य बीमा, शिक्षा र उपचारमा खर्च गर्ने बताउँछन् ।शुन्यबाट उठेका थापाले २७ वर्षको उमेरमा आफूलाई स्थापित ब्यावसायिका रुपमा परिचित गराइसकेका छन् । कुनै समय भुबनका बुबा भारतमा सुरक्षा कर्मचारीको रुपमा काम गर्थे । परिवारको कमजोर आर्थिक अवस्था , दाल भात जुटाउन नै समस्या भएपछि सम्भावनाको खोजिमा भुबनका बुबा भारत छिरे । भारतबाट कमाएर पठाएको पैसा मीठो खाने र राम्रो लगाउने भन्दा भुबनको शिक्षामा खर्च गरिन ,उनकी आमाले । अहिले भूबनले स्नातकोत्तर उत्तीर्ण गरिसकेका छन् ।पथरीशनिश्चरे १० मा वडाध्यक्षका उम्मेद्वारहरू मध्ये भुबन सबैभन्दा अब्बल छन् ।

२० वर्षको उमेरमा निर्माण ब्यवसाय क्षेत्रमा प्रवेश गरेका थापालाई पढाई, ज्ञान, सामाजिक कार्य, अनुशासनमा कहिँ कतै दाग लगाउने ठाउँ छैन् । उनले आफू निर्वाचित भए पनि एक कार्यकाल भन्दा बढी एउटा पदमा बसेर काम नगर्ने प्रतिवद्धता ब्यक्त गरे । थापाले भने–हामी कहाँ सबै राजनीतिक दलका नेताहरू प्रेसर, सुगर, दम लागुन्जेल पदमा बसिरहन चाहन्छन् । नागरिकको काम गर्न सक्दैनन् । तर , पद ओगटिरहन्छन् । उनले थपे – म जित नजिक पुगेको छु । मैले एक पटकलाई वडाध्यक्षमा मत मागिरहेको छु । म सँग ५ वर्षमा पथरीशनिश्चरे वडा नं. १० को मुहार फेर्ने निश्चित ‘भिजन’ छ । थापाले बिगतमा वडाध्यक्ष सागर राईले गरेका कामलाई निरन्तरता दिने बताउँदै अधुरा सबै काम सम्पन्न गर्ने बताए ।
मोरङ जिल्लामा नेपाली कांग्रेस भित्र सर्वसम्मत उम्मेद्वार छानिनेमा थापा थोरै भिका एक हुन् । वडाध्यक्ष नहुँदै उनले धेरै दुखी मनहरूमा मलम लगाइसकेका छन् । वडाध्यक्ष सागर राईको हरेक अभियानमा सँगै हिडेका भुबनसँग अहिले सागर राईको दरिलो सहयोग र भर छ । वडाध्यक्ष सागर राई भन्छन्–एउटै पदमा पटक पटक बसेर काम गर्नु भनेको पद लोलुपता हो । त्यसैले एक कार्यकाल पछि अर्को जोशिलो युवा भुबन थापालाई वडाध्यक्षको रुपमा उभ्याएका छौं, सागरले भने ।

भुवन र सागर एक अर्काका परिपुरक छन् । बिगतमा भुवन बीना सागर अधुरा थिए भने अहिले सागर बीना भुवनको अभियान चल्दैन । सँग सगै मतदाताको घरमा पुगिरहेका भुबनले भने–चुनाब जितेर आफ्नो लागि केही गरौला भन्ने छैन् । जे गर्छु , यहाँका बासिन्दाको सुख भोगका लागि गर्छु । पथरीशनिश्चरे १० पूर्वपश्चिम राजमार्गमा जोडिएको भएपनि उत्ति साह्रो बिकास हुन सकेको छैन । राजमार्गमा जोडिएको नगरपालिकाको वडामा सरकारी मावि छैन् । ५ वर्ष भित्र एउटा स्मार्ट मावि निर्माण मेरो सङ्कल्प हो । अझै पनि घण्टै हिडेर कानेपाखरी र पथरी बजार सम्म पढ्न जाने बिद्यार्थी मैले देखिरहेका छु । बिगतमा सागर राईले पनि विद्यालयलाई माविसम्म सञ्चालन गर्ने कुरा उठाए । तर, अरु सदस्यले वेवास्था गरेपछि एक्ला सागर चुपचाप रहन बाध्य भए ।अरु वडामा १० किलोमिटर सम्म सडक कालोपत्रे भइसक्दा हाम्रो वडामा नगन्य मात्रामा सडक कालोपत्रे भएको छ । सडक निर्माण मात्र होइन, शिक्षा ,स्वास्थ्य, खानेपानी,खेलकुद लगायतका बिकासमा मेरो अर्जुन दृष्टि हुनेछ ।

सम्बन्धित खवर