को हुन् नगेन्द्र सुब्बा ? - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • मङ्गलबार, जेठ ०८, २०८१

को हुन् नगेन्द्र सुब्बा ?

पथरीशनिश्चरे ,बैशाख २४ । मध्य मोरङको पथरीशनिश्चरे नगरपालिकामा यति बेला स्थानीय तह निर्वाचनको प्रचारप्रसार उत्कर्षमा पुगेको छ । नेपाली कांग्रेस २०४८ पछिको लगतार हारलाई पल्टाउने दाउमा छ । नेकपा एमाले भने आफ्नो आधार क्षेत्रलाई सुरक्षित राख्न जोडबल गरिरहेको छ ।

नेकपा माओवादी केन्द्र नेकपा समाजवादी आफ्नो अस्तित्वको लडाईमा छन् ।पथरीशनिश्चरेमा नेपाली कांग्रेसले नगेन्द्र सुब्बा , एमालेले तत्कालिन पथरी गाविसका अध्यक्ष मोहन तुम्वापो र माओवादी समाजवादी गठन्धनले माओवादीका दिननाथ तिम्सिनालाई मेयर पदको उम्मेद्वार बनाएका छन् । मूख्य प्रतिस्पर्धा हुने नेपाली कांग्रेस र एमाले बीच हुने स्थानी मतदाता बताउँछन् । नेपाली कांग्रेसले पार्टी राजनीतिमा सतिसाल जस्तै दृढ नगेन्द्र सुब्बालाई मेयरको उम्मेद्वार बनाएको छ । थोरै बोल्ने धेरै गर्ने सुब्बाको बानी छ ।

कांग्रेसका नगेन्द्र सुब्बा को हुन् ?
२०४० सालमा पथरी बजारमा बसाई आएका सुब्बा पार्टीका पुराना कार्यकर्ता हुन् । पार्टीको स्थायी कार्यकर्ता भएर चार दशक काम गरेका सुब्बालाई यो पटक नेपाली कांग्रेसको उम्मेद्वार बनाएको छ । सुब्बा भन्छन्– पार्टी संगठनमा सधैं खाई नखाई हिडें । उमेर ६६ वर्ष पुग्यो । बल्ल पार्टीले पत्यायो । सुब्बा हारसँग कहिल्यै बिचलित भएनन् । निरन्तर पार्टी संगठनमा लागि रहे । बाबु बाजे नै कांग्रेसी, त्यसैले उनी पनि कांग्रेस भए । २०१३ सालमा जाँतेमा जन्मिएका सुब्बा धरानको पब्लिक हाइस्कुलमा पढ्दा नै नेविसंघको सदस्य बने । एसएलसी पास गरेर काठमाडौंको त्रिचन्द्र कलेज भर्ना भएका उनको त्यहीँ राजनीतिक संगत बढ्यो । राजनीति नशा जस्तै भयो । त्यस पछि उनी तत्कालिन प्रतिबन्धित नेपाली कांग्ेसले गरेको सत्याग्रहमा सहभागि भए । सोही क्रममा उनलाई ६ महिना केन्द्रीय कारागारमा जेल सजाय भयो । जेलबाट छुटेपछि पनि सुब्बा राजनीतिबाट थाकेनन् । भन्छन्–जनमत संग्रहमा बहुदल जिताउने अभियानमा लागें ।

२०४६÷०४७ सालको आन्दोलनमा सुब्बा फेरि पक्राउ परे । भण्टाबारीको गोदाममा लगेर उनी लगायतका कांग्रेसी कार्यकर्तालाई एकै ठाउँमा ५ दिनसम्म कोचेर राख्यो । बहुदल आएपछि ९ औं महाधिवेशन पछि उनी ३ कार्यकाल तत्कालिन पथरी गाविसको गाउँ सभापति बने । १२ औं महाधिवेशनमा पार्टीको क्षेत्रीय सदस्य बनेका सुब्बा १३ औं महाधिवेशनमा महाधिवेशन प्रतिनिधि निर्वाचित भए । १४ औं महाधिवेशनमा क्षेत्रीय प्रतिनिधिमा हारेका सुब्बा आन्तरिक चुनाब हार्दैमा किन गल्थे र रु उनी हारेर पनि झन सक्रिय भए । लामो समयसम्म पार्टीमा उनले गरेको कामको मूल्याङ्कन गर्दै उनलाई नेपाली कांग्रेसले मेयरको टिकट दियो । यतिबेला उनी नगरबासीको मन जित्ने अभियानमा सक्रिय छन् । भन्छन्– द्वन्द्वका समयमा कांग्रेस र हाम्रा कार्यकर्ता माथि माओवादीको गिद्धे दृष्टि थियो । हामी बिचलित भएनौं । धेरैलाई पार्टी छोड्न बाध्य बनाइयो । तर हामीले कांग्रेस बचाएर राख्यौं । जसले कांग्रेसको बिगत बुझेको छ । तिनका लागि नगेन्द्र सुब्बाले टिकट पाउनु स्वाभाविक हो । नयाँ साथीहरूमा केही समस्या भए त्यसलाई बिर्सिदिन सुब्बाले आग्रह गर्नुभयो ।

नगेन्द्र सुब्बा पथरीशनिश्चरे नगरलाई स्मार्ट शहर बनाउने सपना देखिरहनु भएको छ । फराकिला सडक । टोल टोलका सडकमा सडक बत्ती , मूख्य बजारमा सीसी टिभी जडान । सुकुम्बासी समस्या स्थायी रुपमा समाधान । फोहोर मैला ब्यवस्थापनका नगरको आफ्नै डम्पिङ साइड निर्माण सुब्बाका मूख्य योजना हुन् । नगरका सबै वडालाई जोडेर चक्रपथ निर्माण गर्ने उहाँको महत्वकांक्षी योजना छ । नगरको आफ्नै कार्यालय निर्माण । एमालेले आदिवासी जनजाति संग्रहालय बनाउने भनेर बारम्बार यहाँका जनजातिको भोट बटुल्यो । तर ,न संग्रहालय बन्यो । न बन्ने कुनै छाँटकाँट छ । सुब्बा भन्नुहुन्छ –एमालेमा ईच्छा शक्ति देखिएन । पथरीशनिश्चरे जस्तो सम्भावना युक्त शहरमा एउटा रंगशाला छैन् । ५ वर्षमा माखो मारेनन् अहिले आएर मीठा कुरा गरिरहेका छन् । उनले प्रत्येक वर्ष पथरीशनिश्चरे गोल्ड कपको आयोजना गर्ने , नगरमा सञ्चालन भएका लिग फुटबल, लिग क्रिकेट र अन्य सबै खेलका लागि बजेटको ब्यवस्था मिलाउने बताए ।

नगरको आन्तरिक स्रोत प्रति सुब्बा सन्तुष्ठ छैनन् । भन्छन्– भोट आउँदैन भनेर करको दायरा बढाउन सकिएको छैन् । कर घटाउने र दायरा बढाउने हो भने आन्तरिक स्रोत बढाउन सकिन्छ । उनले भने –सबै नगरबासीलाई कुनै न कुनै प्रकार नगरसँग जोड्नु पर्छ । किसान, मजदुर , टेम्पो चालक, रिक्सा चालक, घरधनी , पशुपालक, साना तथा ब्यापारी ,उद्योगी सबैसँग हातेमालो नगरी समृद्ध नगर बनाउन सकिन्न । उनले ५ भित्र नगरको आन्तरिक आम्दानी १५ करोड बनाउने योजना आफूसँग भएको दाबी गरे ।

सम्बन्धित खवर