पथरीशनिश्चरे वडा नं. १ बासीले सन्तानको भविष्यका लागि शिक्षित युवा कांग्रेसका राजेन्द्र बस्नेत रोज्दै - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • आइतबार, बैशाख ०२, २०८१

पथरीशनिश्चरे वडा नं. १ बासीले सन्तानको भविष्यका लागि शिक्षित युवा कांग्रेसका राजेन्द्र बस्नेत रोज्दै

नगरबाट प्राप्त हुने कुनै पनि सेवा सुबिधा आफूले प्रयोग नगर्ने उनको प्रतिवद्धता छ । बस्नेत भन्छन्–खान लाउन पुगेको छ । ब्यापारबाट प्राप्त आम्दानीको केही हिस्सा वडाध्यक्ष नहुँदै पनि समाजसेवामा लगाएकै थिएँ । वडाध्यक्ष भएपछि केही दायित्व बढ्ला, उनले आफूले पाउने सेवा सुबिधा हरेक महिना सञ्चारकर्मी राखेर गरिव विपन्नको शिक्षा र स्वास्थ्यमा खर्चिने बताए ।

पथरीशनिश्चरे,२३ बैशाख । स्थानीय तहको निर्वाचन नजिकिएसँगै पथरीशनिश्चरेमा राजनीतिक सरगर्मी ह्वात्तै बढेको छ । ठूला साना सबै दलका नेताहरु आफ्ना चुनाबी एजेण्डाहरु बोकेर मतदाताको घरदैलोमा पुगिरहेका छन् । पथरीशनिश्चरे नगरपालिकाको वडा नं. १ मा प्रचार प्रसारमा सबैभन्दा अघि देखिएका छन् – नेपाली कांग्रेसका वडाध्यक्षका उम्मेद्वार राजेन्द्र बस्नेत ।

बस्नेत कमाउन राजनीतिमा लागेका होइनन् । उनले भने – म ८ वर्ष उच्च माध्यमिक विद्यालयमा पढाउँदा पढाउँदै ब्यापारमा लागेका हुँ । उनले थपे– पैसा कमाउनेले ब्यापार गनुपर्र्छ । राजेन्द्र थप्छन्–राजनीतिका माध्यमबाट समाज रुपान्तरण सम्भव छ । नीति निर्माण तहमा पुगेर पथरी नगरको स्वरुप परिवर्तनको सपना बुनिरहेको थिएँ । कांग्रेसले वडाध्यक्षको उम्मेद्वार बनाएर सपना पुरा गर्ने अवसर दियो । चुनौति सहितको यो अवसरलाई प्रयोग गर्न उनी दिनरात मतदाताको घरदैलोमा पुगिरहेका छन् । सामाजशास्त्रमा स्नातकोत्तर गरेका बस्नेत पथरी उद्योग वाणिज्य संघका वहालबाला महासचिव हुन् । विगतमा एक कार्यकाल कोषाध्यक्षको भूमिका निर्वाह गरेका बस्नेत पथरीशनिश्चरेका एक सफल ब्यापारी मात्र होइनन् । सफल नेतृत्वकर्ता पनि हुन् ।

नगरबाट प्राप्त हुने कुनै पनि सेवा सुबिधा आफूले प्रयोग नगर्ने उनको प्रतिवद्धता छ । बस्नेत भन्छन्–खान लाउन पुगेको छ । ब्यापारबाट प्राप्त आम्दानीको केही हिस्सा वडाध्यक्ष नहुँदै पनि समाजसेवामा लगाएकै थिएँ । वडाध्यक्ष भएपछि केही दायित्व बढ्ला, उनले आफूले पाउने सेवा सुबिधा हरेक महिना सञ्चारकर्मी राखेर गरिव विपन्नको शिक्षा र स्वास्थ्यमा खर्चिने बताए । त्यसो त बस्नेतलाई सामाजिक काम गर्न वडाध्यक्ष नै हुनुपर्ने त थिएन । तर,असल र जिम्मेवार कार्यकर्ता भएपछि पार्टीले जिम्मेवारी दियो । पछि हट्ने कुरा भएन, उनले वडाध्यक्षको उम्मेद्वार बन्नु परेको कारण खोले । बस्नेत कहिले राहतका सामग्री बोकेर गोरखाको वारपाक पुगेका छन् । त कहिले बारामा हुन्डरीले घर उडाएर विस्थापित भएका परिवारलाई मलमपट्टी लगाउन पुगेका छन् । उनी विनासकारी भूकम्पले थलथल बनाएको गोरखाको वारपाक पुगें, ५ लाख बराबरको राहत लिएर । बारा पुगे , ३ लाख बराबरको राहत लिएर ।

जहाँ दुख हुन्छ , त्यहाँ राजेन्द्र नपुगेका ठाउँ छैन् । औषत मानिसको बुझाई छ । पढे लेखेकाले राजनीति गर्नु हुन्न भन्ने । तर,२६ वर्षको उमेर मास्टर्स डिग्री सकेका राजेन्द्र जागिर खाँदै सुनचाँदी ब्यबसायमा लागे । ८ वर्ष पढाएपछि उनी जागिर छोडेर पूर्ण रुपमा ब्यापारमा लागे । उनी भन्छन्– मसगँ पथरीशनिश्चरे वडा नं १ बनाउने भिजन छ । राजेन्द्र थप्छन्– ५ वर्षसम्म वडा कार्यलय बनेन । वडा नं. १ वासीलाई आफ्नै वडा कार्यलय चाहिएको भए , राजेन्द्रको टिमलाई भोट हाल्नुहोस । उनले बजारको फोहोर ब्यवस्थापन गर्न उपयुक्त स्थानमा डम्पिङ साइड निर्माणका लागि नगर, प्रदेश सरकार र संघीय सरकारसँग समन्वय गर्ने बताए ।

मुख्य बजारमा सीसीटिभी जडान गर्ने, बजारका भूस्याहा कुकुरको बन्ध्याकरण गर्ने र रेविज मुक्त शहर बनाउने योजना सुनाए । बजारका उद्योगी, ब्यापारीलाई पलायन हुन नदिन उनले ठोस कार्यक्रम ल्याउने सुनाए । पथरीको साप्ताहिक हटियालाई अझ पूर्वाधार सम्पन्न बनाइने लगिने बताउँदै उनले भने निर्माणाधीन आधुनिक बधशाला निर्वाचित भएर आएको १ महिना भित्र सञ्चालनमा ल्याउँने छु । त्यसो त राजेन्द्र एकैपटक राजनीतिमा देखिएका होइनन् । उनले दमक बहुमुखी क्याम्पसमा २०५७ सालमा नेविसंघ इकाईको उप सभापति भएर काम गरे । हाल पार्टीको नगर सदस्यको जिम्मेबारीमा रहेका बस्नेत पथरी उद्योग बाणिज्य संघमा ४ वर्षयता पदाधिकारी छन् । पथरी जेसीज, लायन्स क्लव अफ पथरीको अध्यक्ष भएर काम गरिसकेका बस्नेत आजसम्म कहिल्यै बिबादमा आएका छैनन् । स्थानीय भन्छन्– रिना हत्या काण्डका दोषी पत्ता लगाउन भएका सडक आन्दोलनमा होस या पथरी नगरको विकासमा ब्यक्तिगत सहभागिता । जहाँ पनि उनी अगाडि देखिन्छन् । त्यसैले मतदाता भन्छन्– वडाध्यक्ष त राजेन्द्रलाई नै बनाउने हो ।

सम्बन्धित खवर