को हुन काङग्रेसबाट उमेद्धारी दिएकी कविता पराजुली ? - Sainokhabar
  • बिहिबार, मङि्सर २१, २०८०

को हुन काङग्रेसबाट उमेद्धारी दिएकी कविता पराजुली ?

बैशाख ३० हुने स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसको प्रतिनिधीत्व गर्दै प्रखर नेत्रृ कविता पराजुलीले पथरीशनिश्चरे नगरपालिकाको उपमेयर पदमा उमेद्धारी दिएकी छिन । पराजुलीको उमेद्धारी संगै नेपाली कांग्रेसले एक असल महिलालाई उपमेयरको उम्मेद्धार बनाएको भन्दै घर दैलो अभियानमा जनताको बाक्लो उपस्थीती देखिने गरेको छ ।

प्रचार प्रसारका लागि मोरङको पथरी शनिश्चरेमा कांग्रेसका शुभचिन्तकहरु घरदैलो कार्यक्रममा तीव्र गतिमा अघि बढ्ने गरेका छन् । यसले कांग्रेस प्रति बढ्दो जनलहर देखिएको छ । नगरप्रमुख र उपप्रमुखका उम्मेद्धार सहित वडा वडामा गरिएको घरदैलो कार्यक्रममा बच्चा देखि वृद्धवृद्धा सम्मको हौसला पाएकी छिन् । नगरमा रहेको बेथिती र बिसंगतीका विरुद्ध चर्को आवाज उठाउदै आएकी पराजुली जनताको सामु अधुरा रहेका काम पुरा गर्ने बाचा कबोलेर हिडेकी छिन् ।

पराजुली वि.स. २०३८ साल मोरङको लेटाङमा बुबा टकप्रसाद भण्डारी र माता अम्बिका भण्डारीको कोखबाट जन्मीएकी माइली छोरी हुन् । परिवारबाटै काङग्रेस राजनितीमा होमिएकी पराजुली आफ्नो विद्यार्थी जिवनकालबाटै सामाजिक र राजनैतिक श्रेत्रमा आफ्नो स्पष्ट पहिचान र दर्भीलो उपस्थिति बनाउदै समाज रुपान्तरणमा लागेकी एक साहसी महिला हुन ।

बाल्यकालदेखिकै हिम्मत र साहसका कारण उनी काङग्रेसको राजनीती यात्रामा स्थापित हुन सफल भएकी महिला हुन् । महिला हकहित, ब्यापारी तथा अन्यायका पक्षमा खुल्ला सडकमा उत्रने नेत्रृ यस पटकको स्थानिय चुनावमा पथरीशनिश्चरे नगरपालिकाबाट उपमेयरको उम्मेदवारमा बलियो रूपमा स्थापित भएकि छिन ।

विगत र वर्तमानलाई हेर्ने हो भने पराजुलीले पथरी उद्योग वाणिज्य सघंको बरिष्ठ उपाध्यक्ष, पथरी जेसिसको कार्यकारिणि उपाध्यक्ष, दिदिबहिनी सहकारी सस्थाको अध्यक्ष हुँदै मनकामाना साकोसको उपाध्यक्षको जिम्मेवारी पुरा गरि सकेकी छन । पराजुली रहेको समिति मार्फत पथरिशनिस्चरे नगरपालिकाको फोहोर महिला व्यवस्थापन र सिसिक्यामेरा जडानले सफलता पाएको थियो ।

पराजुलीले अन्तरपाटि महिला सन्जालमा रहेर पथरीशनिश्चरे नगरवासि महिलाहरुको र अन्तरनगर महिलाहरूको हक, अधिकारका लागि लडि सकेकी छन । पथरीमा भएका विभिन्न घटना क्रमहरुको अग्रपंतीमा रहेकी पराजुलीले अन्याय विरूद्वको अगुवाई गर्दै आएकी छिन् । उनले रिना रहस्यमय मृत्यु प्रकरणको सघंर्ष समितिको संयोजक रहेर न्यायका लागि सडक, नगर, प्रहरी कार्यलयसम्म निर्धकताका साथ आन्दोलनको अगुवाइ गरेकी थिइन् ।

नेपाली काङ्ग्रेसको १४ औं महाधिवेशनबाट केन्द्रीय महाधिवेशन प्रतिनिधि निर्वाचित नेत्रृ पराजुली नगरमा अझै विकासका साथै सामाजिक रूपान्तरणका कामहरू ओझेलमा परेको र त्यो काम पुरा गर्न नेपाली काग्रेस अहोरात्र लागि पर्ने बताउछिन् । पराजुली भन्छिन्–‘हामो कार्यकालमै सम्पन्न गरेर नगरलाई नयाँ विकासको ढांचामा प्रवेश गराउने छौं । नगरलाई प्रविधि मैत्री र विद्यार्थीलाई प्राविधिक शिक्षामा उत्सकुता बढाएर विशेष सहयोग गर्नेछौँ ।’

देश तथा विदेशमा रहिरहेका नगरका सम्पूर्ण ब्यक्तित्वहरूको दक्षता, अनुभव लिएर पथरीशनिश्चरे नगरलाई समुन्नत गाउँ समुन्नत नगर बनाएर देशकै उत्कृष्ट नगरको रूपमा स्थापित गराउने पराजुलीले अठोट लिएकी छिन् । उनले पछाडि परेका जातजाति, वर्ग, लिङ्ग, समुदाय तथा समाजलाई संविधानले दिएको आफ्नो मौलिक हक, अधिकारको प्रत्याभुति दिलाएर नगरलाई नै भेदभाव मुक्त नगरका रूपमा स्थापना गर्ने प्रतिवद्धता गरेकी छिन् ।

आफु कुनै पनि संघ संस्था तथा संगठनमा रहेर काम गर्दै आएका अधुरा कामहरु पुरा गर्न आउदो स्थानिय तहको चुनावमार्फत सम्पुर्ण नगरबासीको सेवा गर्न आफ्नो टिम सहित नेपाली काग्रेसको चुनाव चिन्हमा रुखमा भोट माग्दै आएकी छन ।

सम्बन्धित खवर