कीर्तिपुरमा केएमसीको निःशुल्क स्वास्थ्य शिविर - Sainokhabar
  • बुधबार, मङि्सर २०, २०८०

कीर्तिपुरमा केएमसीको निःशुल्क स्वास्थ्य शिविर

काठमाडौं, ९ वैशाख / काठमाडौंको कीर्तिपुर नगरपालिका–१० मा शुक्रवार निःशुल्क स्वास्थ्य शिविर सञ्चालन भएको छ । कीर्तिपुर नगरपालिका, काठमाडौं सक्रिय युवा समूह र काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजको सहकार्यमा एकदिने स्वास्थ्य शिविर सञ्चालन गरिएको हो ।

कीर्तिपुर गेट कभर्डहलमा सञ्चालन भएको शिविरमा ९६३ जनाको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको छ । शिविरमा १९२ जनाको रक्त परीक्षण, १६७ जनाको भिडियो एक्सरे र १५१ जनाको मुटुको जाँच (ईसीजी) गरिएको केएमसीका जेनेरल मेनेजर नारायण दाहालले जानकारी दिए । त्यस्तै ३१ जनाको दाँत फुकालिएको छ भने शिविरमा उपचार सम्भव नभएका ३७ जनालाई अप्रेशनका लागि अस्पताल रेफर गरिएको आयोजकले जनाएको छ ।

केएमसी अध्यक्षको रुपमा डा.सुनिल शर्माको प्रवेशसँगै केएमसीले निःशुल्क स्वास्थ्य शिविर सञ्चालनलाई तीव्रता दिइरहेको छ ।

सम्बन्धित खवर