मोरङको पथरीशनिश्चरे ८, समाल डाँडा खेलमैदानमा सम्पन्न दोस्रो मंगलबारे शुक्रबारे खुल्ला नकआउट फुटबल प्रतियोगिताको उपाधि शिंहदेवि फुटबल क्लव लालभित्तिले जितेको छ ।
आज भएको फाईनल खेलमा पथरी ११ लाई १–० गोल अन्तरले पराजति गर्दै लालभित्तिले उपाधिमा कब्जा जमाउन सफल भएको हो । खेलको पहिलो हाफमा लालभित्तीका लागी जर्सि नम्बर १५ का संयोग आचार्यले गरेको गोल नै निर्णायक बन्न पुग्यो । सुरुबाटै निक्कै आक्रमक बनेको खेलमा पथरीले पाएका राम्रा अवसरको सदुपयोग गर्न सकेन ।
प्रतियोगीताको बिजेता शिहदेवि फुटबल क्लवले नगद ५५ हजार ५ सय ५५ साथमा ट्रफि मेडल र प्रमाण पत्र प्राप्त गर्यो भने उपविजेता बनेको पथरी ११ ले ३५ हजार ५ सय ५५ सहित ट्रफि मेडल र प्रमाणपत्रमा चित्त बुझायो । आजको खेलको म्यान अफ द म्याच पहिलो गोल कर्ता संयोग आचार्य घोषित हुँदै रु एक हजार पाँच सय प्राप्त गरे यस्तै खेलको बेस्ट गोल रक्षक लालभित्तिका सन्तोस दनुवार,बेस्ट डिफेन्स लालभित्तिका सन्दिप लिम्बु,बेस्ट फरवाड पथरी ११ का अंकित लिम्बु,उच्च गोलकर्ता तालतलैयाका पदम राई,उदयमान खेलाडि अयोजकका मौसम लिम्बु र सर्वोकृष्ट खेलाडिमा पथरी ११ का सुवास तामाङ घोषित भए ।
बिजेता सबै खेलाडिलाई वडा नम्बर ८ का वडा अध्यक्ष बाबुराम दहालले पुरस्कार वितरण गर्नुभएको थियो । मोरङ र सुनसरीका ८ टिमको सहभागिता रहेको प्रतियोगितामा एफ एफ सी धरान, वसन्त फुटबल क्लव जाँते, सिंहदेवी युवा क्लव लालभित्ती, मंगलबारे शुक्रबारे एफ।सी आयोजक, पथरी ११, इष्ट स्टार फुटबल क्लव मधुमल्ला, सनराइज युनाइटेड लेटाङ, तालतलैया फुटबल एकाडेमी इटहरीले प्रतिस्पर्धा गरेका थिए ।