चैत्र २६ मोरङ – सुपरभिजन म्यासेन्जर ग्रुप द्वारा गायन प्रतिभालाइ प्रस्फुटन गराउने उदेश्यले सुपर भिजन खुल्ला गायन प्रतियोगिता कार्यक्रम सुरु गरेको छ।
कार्यक्रममा गुरुपका सल्लाहाकार तथा नेत्रहीन युवा संघ मोरङ का अध्यक्ष दुर्गानाथ योगिको अध्यक्षता,प्रमुख अतिथी नेत्रहीन युवा संघ नेपालका केन्द्रीय अध्यक्ष कलाधर भण्डारी को प्रमुख अतिथ्यता,रास्टिय महासंघ नेपाल लुम्बिनी प्रदेश सचिब हुमनाथ अधिकारी,झापा नेत्रहीन संघ का नि बर्तमान अध्यक्ष दोणचार्य निरौला को विशेष अतिथ्यता र सुनसरी नेत्रहीन संघ का अध्यक्ष इन्द्रा हाङ लिम्बू,नेत्रहीन युवा संघ नेपाल रुपन्देही अध्यक्ष टिकाराम पौडेल ,गोर्खा टेलिभिजनका सम्बादाता सरोज निरौला लगायतको आतिथ्यता रहेको थियो।
आजको कार्यक्रम प्रारम्भ मात्र भएको र चौथो चरण सम्म सन्चालन भई कार्यक्रम समापन हुने साथै प्रतियोगितामा भाग लिइ बिजय हुने प्रथम,दितिय र तृतीय प्रतियोगिलाइ क्रमश रु १५ हजार ,१० हजार र ७ हजारले पुरस्कृत गरिने ग्रुपका यडमिन पसुपती चौधरी थारुले जानकारी दिए।
नयाँ बर्ष २०७९ सालको पावन अवसर पारी शुभकामना आदान प्रदान सँगै गरिएको कार्यक्रममा बिजय प्रतियोगीको निम्ति पुरस्कार प्रायोजक मध्ये बाट प्रतिनिधित्व गर्दै हाल अमेरिकामा रहनु भएको राज केसिले आफुले सोचे भन्दा बढी कार्यक्रममा सहभागीता रहेको र यश कार्यक्रममा आफुले सहयोग गर्न पाउँदा धेरै खुसी लागेको साथै आउदै गरेको नया बर्षको पावन अवसरमा सबैमा सुभकामना ब्यक्त गर्नु भएको थियो। जुम प्लेटफमको मध्यम बाट आयोजित कार्यक्रममा देशै भरीका ५० जना भन्दा बढि दृष्टि बिहिन अपाङ्गता भएको ब्यक्ती तथा अन्य ब्यक्तिहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा स्वागत मन्तव्य एल,बि,लिम्बू ले गरेका थिए भने कार्यक्रम सन्चालन गुरुपका यडमिन सन्चालक माधब कडेल र निर्दोष निरन्तर ले गरेका थिए .।